सालझण्डी–ढोरपाटन सडक यसै बर्षदेखि
####good
२ बैशाख, काठमाडौ । सालझण्डी देखि बाग्लुङको ढोरपाटन जोडने सडक यसै बर्षदेखि निर्माण सुरु हुने भएको छ । पटक पटक बजेट भाषणमा परेर पनि निर्माण हुन नसकेको सडक यसै बर्षदेखी निर्माण हुन लागेको हो ।
लामो समयदेखी चर्चामा रहेको गुल्मी, अर्घाखाची, बाग्लुङ जिल्ला प्रभावित हुनेछन् । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले सोमबार सडक निर्माण पुर्बाधारको अबलोकन गरेका छन् ।
लुम्बिनी–सालझण्डी देखी अर्घाखाँचीको पणेना पोखराथक–खज्याङ हुदै गुल्मीको सदरमुकाम तम्घास हुदै बाग्लुङको ढोरपाटन जोडने योजना छ । नेपाली काँग्रेसका सभासद चन्द्र भण्डारीले केही दिन पहिले संसदको बैठकमा सो सडक निर्माण कार्यलाई तीब्रता दिन आग्रह गरेका थिए ।

####




0 comments

Write Down Your Comment