सनराइज बैंकले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने
####good
 २१ चैत काठमाडौं । सनराइज बैंक लिमिटेडले शेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको गत १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
गत आर्थिक बर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर तथा सो को कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.५७८९५ प्रतिशत नगद लाभांश प्रदान गर्न प्रस्ताव गरेकोमा १७ गतेको वैठकले बोनस शेयर जारी भई कायम भएको पूँजीको १०प्रतिशत अर्थात प्रत्येक १० कित्ता शेयर बराबर १ कित्ताका दरले पुन  हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव समेत आगामी बाषिर्क साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । उक्त बोनश शेयर तथा हकप्रद शेयर आगामीे बाषिर्क साधारण सभाबाट पारित भएपछि निस्काशन गरिने बैंकले जनाएको छ ।

हाल बैंकको निक्षेप २६ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी, कर्जा लगानी २१ अर्ब २८ करोड रुपैयाँभन्दा बढी, ग्राहक संख्या २ लाख ३० हजार रुपैयाँभन्दा बढी तथा चुक्ता पूँजी २ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ ।
बैंकको हाल शाखाहरुको संख्या ५१ र ए.टि.एम.को संख्या ६१ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २२ शाखाहरु र उपत्यका बाहिर २९ शाखाहरु रहेका छन् । बैंकले सन्राइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।
####




0 comments

Write Down Your Comment