राजसंस्था प्रति जनमत बढेको बारे म अनभिज्ञ छु, जनता जानकार छन: पूर्वराजा ज्ञानेन्द्र
####good
बारा, चैत्र २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पनि राजसंस्थाप्रति जनमत बढेको बारे आफु अनभिज्ञ रहेको बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारसंग पूर्वराजा शाहले जनमत बढेको बारे आफुभन्दा जनता नै बढी जानकार रहेको टिप्पणी गरे ।दुई साता लामो धार्मिक भ्रमणका लागि हिजो सांझ सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्रले धरानको बराहा क्षेत्रमा महाकुम्भ मेलाको भ्रमणपछि जनतासंग प्रत्यक्ष भेटघाट गर्ने बताए । उनले जनताको निम्तोमा आफुले भ्रमण गर्न लागेको र आफुलाई बोलाएको ठाँउमा जाने जानकारी दिए ।
पूर्वराजा शाह बैशाख १ देखि धार्मिक स्थलको भ्रमण थाल्नेछन् । यसअघि उनको स्वागतका लागि बारा, पर्सा जिल्लाका विभिन्न स्थानबाट राष्ट्रबादी र राजसंस्थाको समर्थक सर्वसाधारणले स्वागत गरेका थिए
।
####
.jpg)



0 comments
Write Down Your Comment