बैंकबाटै ६ लाख रुपैयाँ चोरी गरेर किशोर फरार
####good
७ बैशाख, बिराटनगर । कुमारी बैंकको इटहरी शाखाबाट बुधबार दिउँसो ६ लाख रुपैयाँ चोरी भएको छ ।

इटहरी नगरापलिका-१ का गोकुल प्रसाईले बैंकमा जम्मा गर्न भौचर भर्दै गर्दा बैंकको रिसेप्सनबाट १५ वर्षीय एक किशोरले रकम रहेको झोला लिएर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बैंकभित्रबाटै रकम चोरी भएपछि प्रसाईले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन । प्रसाईले उजुरी आएपछि रकम लिएर भागेका किशोरको खोजीलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएस्पी विद्यानन्द माझीले अनलाइनखरबलाई बताए ।

कुमारी बैंककाे इटहरी शाखाका एक कर्मचारीले बैंकभित्रबाटै किशोरले रकम लिएर भागेको बताउँदै घटनाबारे प्रहरीलार्इ जानकारी गराएको बताए ।

####




0 comments

Write Down Your Comment