दुर्घटनामा गम्भीर घाइते २३ लाई हेलिकप्टरमार्फत काठमाडौं लगिदै
####good
अर्घाखाँची, वैशाख १७ - अर्घाखाँचीमा आज भएको बस दुर्घटनामा गम्भीर घाइते २३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिने भएको छ । घाइतेलाई काठमाडौं लैजाने हेलिकप्टर बोलाइएको चन्दनाथ गणका गणपति रामकाजी रानामगरले जानकारी दिए ।
गम्भीर घाइते २३ जनालई सन्धिखर्कस्थित टुँडिखेलमा ल्याइएको छ । केहीबेरमै सेनाको एमआई१७ हेलिकप्टर बिरामी लिन आइपुग्ने गणपति रानामगरले जानकारी दिए ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । तीमध्ये २३ को अवस्था गम्भीर छ ।
सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु१ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ आउदै गरेको लु१ख ७८२७ नम्बरको मिनि ट्रक नरपानी ५ जगत भन्ने ठाउँमा ठोक्किंदा ११ जनाको ज्यान गएको छ ।

####
.jpg)

0 comments
Write Down Your Comment