धुर्मुसको नयाँ रुप जुल्फे
####good
काठमाडौ, वैशाख १४ – हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा निर्देशक तथा कलाकार सीताराम कट्टेल फेरि नयाँ भूमिकामा देखिने भएका छन् ।
धुर्मुस, मुस्कान पासा, खड्का जी, नेता केपी ओली, खडानन्द गुरु लगायत चचित्रमा देखिएका उनी नयाँ श्रृङ्खलामा फरक भूमिका र गेटअपमा देखिने भएका छन् । कुखुराको भालेबाट निकै प्रभावित भएको हेर्दैमा अचम्म लाग्ने उनको नयाँ चरित्रको नाम ‘जुल्फे’ हो ।

‘जुल्फेको घर’ नामक सट फिल्मको लागि उनले यस्तो रुप बनाएका हुन् । ‘मैले अहिलेसम्म गरेको भुमिकाहरु मध्ये सबैभन्दा च्यालेन्जिङ र उत्कृष्ट भुमिका जुल्फेकै हो’ सीताराम भन्छन् ‘यो क्यारेक्टरको हेयर स्टाइल, बोल्ने शैली, टोन र हाउभाउ सबै कुरा भिन्न छ, यो सट फिल्म प्रसारण हुने बित्तिकै सारा केटाहरु भाले कटको दिवाना हुनेछन् ।’
‘बिहान भालेले कुखुरी काँ गर्दा जन्मेको कारणले गर्दा जुल्फेले भालेहरुको इज्जतको लागि कपालको गेटअप भालेको झै राखेको हो’ जुल्फे क्यारेक्टरको बारेमा जानकारी गराउदै सीताराम भन्छन् । जुल्फेको शरिरभरि भालेको मात्रै तस्बिर देख्न सकिन्छ, यहाँसम्म कि चस्मामा पनि भालेकै स्टिकर टाँसिएको छ ।
‘जुल्फेको घर’मा नायिका ऋचा शर्मा, पत्रकार प्रेम बानियाँ, रमेश अधिकारी, सुरवीर पण्डित, कमला रेग्मी, माधव पण्डित, शान्ति बस्नेत, बसन्त भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।  जुल्फेको घर सट फिल्म देशभरि प्रोजेक्टरबाट देखाइनेछ र असारमा सबै टिभी च्यानलहरुबाट पनि प्रसारण गरिने छ । त्यस्तै जुल्फेको घरलाई सबटाइटल गरेर लगभग ७० वटा देशहरुमा देखाउने निर्माण पक्षले जनाएको छ । 

####




0 comments

Write Down Your Comment