लुम्बिनीमा बुद्धजयन्तीको रौनक (फोटोफिचरसहित)
####good

  • प्रधानमन्त्रीले भने–बुद्धको सन्देश गाउँगाउँमा पुर्‍याऔं -

भैरहवा, बैशाख ३१– प्रधानमन्त्री सुशिल कोईरालाले बुद्धको सन्देश गाउगाउमा पुर्याउनु पर्ने आवश्यकता औल्याएका छन । २५५८ औं बुद्ध जयन्ती तथा लुम्बिनी महोत्सवमा बोल्दै प्रधानमन्त्री कोईरालाले आजको आवश्यकता युद्ध हैन शान्तीको सन्देश फैलाउने बुद्ध रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले गौतम बुद्धले दिएको सन्देश मात्र पालन गर्न सके नेपाल बिश्वको शिखरमा पुग्ने दावी गरे । बिश्वमा शान्तीका प्रेरणाका श्रोत गौतम बुद्ध रहेकोले बिश्वले नै गौतम बुद्धलाई भगवान मानेर पुज्ने गरेको बताए । बुद्धले देखाएकोे अहिंसा, सत्यको बाटोमा लाग्न उनले सबैमा अनुरोध गरे ।


 लुम्बिनीको बिकासमा नै समग्र नेपालको बिकास रहेकोले लुम्बिनीको बिकासमा सरकारले कुनै कसर बाकी नराख्ने बताए । अबको दिनमा नेपालमा एक बर्षभित्र संविधानको साथै शान्ती, स्थायीत्व र बिकासले फडको मार्ने प्रतिवद्धता ब्यक्त गरे । मुलुकमा कुनै प्रकारको द्धन्द्ध कसैले ल्याउन खोजे त्यो कुनै पनि हालतमा सहन नसक्ने बताउदै गौतम बुद्धले देखाएको शान्ती र अहिंसाको बाटोमा लाग्न अनुरोध गरे । बर्मामा हालै भएको बिमेस्टेक बैठकमा सहभागी राष्ट्रका राष्ट्राध्यक्षहरुले आफले नेपालमा सहयोग गर्न तयार रहेको र दाता राष्ट्रहरुको समेत पहिलो शर्त मुलुकमा शान्ती र स्थायित्व हुनु पर्ने रहेको बताए । सोही कार्यक्रममा बोल्दै लुम्बिनी बिकाष कोषका अध्यक्ष तथा नागरिक उड्डयन एवम पर्यटन मन्त्री महेश आचार्यले बुद्ध धर्मले शान्ती र अहिंसाको बाटोमा लाग्न प्रेरित गरेकोले अहिले अन्य धर्मका अनुयायीहरु समेत बौद्ध धर्म प्रति आकर्षित हुदै गएको दावी गरे ।


 लुम्बिनी बिकाष कोषका उपाध्यक्ष कर्मा स्याङ्गबो शेर्पाले लुम्बिनी गुरुयोजना बिगतका दिनमा ढिला सुस्ती भएको स्विकार गर्दै अब यसको बिकाशले तिव्रता लिने बताए । गुरुयोजनाको बिकाश ८० प्रतिशत पुरा भएको र बाकी काम पनि ३÷४ बर्ष भित्र पुरा भैसक्ने उनले बताए । अहिले लुम्बिनी बिकाशको लागी सरकारले पनि प्रर्याप्त बजेट छुट्टयाएकोले बिकासको कामले तिव्रता लिने उनले जनाए । यसै गरि नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले बौद्ध धर्म प्रति पश्चिमा मुलुक पनि आकर्षित हुदै गएको बताए । लुम्बिनी लाई बौद्ध मार्गीहरुको तिर्थ स्थल बनाउनका लागी बृहत्तर लुम्बिनीको बिकाशमा जोड दिनु पर्ने बताए । बृहत्तर लुम्बिनी बिकाशको लागी कुदान देखि रामग्राम सम्म लुम्बिनी शान्ती शहर बनाउने अवधारणा सरकारले ल्याउनु पर्नेमा जोड दिए ।

लुम्बिनीलाई शान्ती शहर बनाउन सबै मिलेर लाग्नु पर्ने उनले बताए । यसको लागी लुम्बिनी क्षेत्रमा जथाभावी रुपमा भै रहेको निर्माण कार्यलाई रोक्नलाई बिकाष कोषलाई निर्देशन समेत दिएका छन । कार्यक्रममा बोल्दै कोषका पूर्व अध्यक्ष दिप कुमार उपाध्यायले लुम्बिनी, कपिलबस्तु, रामग्राम र लुम्बिनी संग सम्बन्धित अन्य स्थानको समग्र बिकाषमा जोड दिनु पर्ने बताए । २५५८ औं जन्म जयन्तीमा चिनिया राजदुत वु चुङ वाङ र कोरियाका राजदुत चु योङ जिङ, चिनिया बौद्ध संघका चिन जोङ वोङ लगायत बिभिन्न देशका उच्च पदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मायादेवी मन्दिर देखि कार्यक्रम स्थल लुम्बिनी अन्तराष्ट्रिय संग्रहालय केन्द्र सम्म रथ यात्रा समेत गरिएको थियो ।










####




, ,

0 comments

Write Down Your Comment