छरिता स्ट्राइकरको चौतर्फी चर्चा
####good
काठमाडौं– थोरै नेपाली फुटबलरले मात्र विदेशी क्लबबाट खेल्ने अवसर पाएका छन्। विदेशी क्लबबाट खेल्ने अवसर पाउने भाग्यशाली खेलाडीमा पर्छन् युवा फुटबलर विमल घर्तीमगर। उदीयमान विमल अघिल्लो वर्ष विदेशी क्लबहरूमा ट्रायल दिन गएका कारण पनि वर्षभर चर्चामा रहे। उनी बेल्जियम र नेदरल्यान्डसका क्लबमा ट्रायल दिने पहिलो नेपाली फुटबलर हुन्।

१५ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका विमल नेपाली फुटबलका आशालाग्दा खेलाडीमा देखिएका छन्। राष्ट्रिय टोलीका स्ट्राइकरहरूले अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्न नसकिरहेका बेला विमललाई प्रशिक्षक कृष्ण थापाले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गराएका थिए।
विमलको क्षमताबाट प्रभावित प्रशिक्षक थापाले राष्ट्रिय टोलीका नियमित स्ट्राइकरको ठाउँमा विमललाई पहिलो रोजाइ राखे। पछि तिनै विमलले पाकिस्तानविरुद्ध गोल गर्दै खेल १–१ को बराबरी गरेपछि नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको थियो। बुटवल एन्फा एकेडेमी हुँदै सातदोबाटोस्थित केन्द्रीय फुटबल एकेडेमीमा आएका विमलले दक्षिण एसियालीस्तरको यु–१४ र यु–१६ फुटबल प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
५ फिट १० इन्च उचाइका विमल छरिता र स्किलफुल स्ट्राइकरम चिन्छिन्। एक वर्षअघि साफ यु–१६ च्याम्पियनसिपका बेला बंगलादेश राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक रेना कोस्टाले विमलको प्रदर्शनप्रति खुलेर प्रशंसा गरेका थिए। त्यतिबेला उनले भनेका थिए, ‘युरोपमा व्यावसायिक फुटबल खेल्न सक्ने क्षमता विमलमा छ। तर उनलाई अवसर र राम्रो प्रशिक्षणको खाँचो छ। विमलको प्रदर्शनले दक्षिण एसियामा पनि राम्रो खेलाडी छन् भन्ने देखाउँछ। उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक पर्नेछ।'
बेल्जियम क्लब एन्डरलेचमा ट्रायल दिन गएका विमलले ‘फ्युचर कप' मा फेनेरबाचविरुद्ध गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्या एका थिए।
यु–१६ राष्ट्रिय टोलीका कप्तान विमल पहिलोपल्ट पल्सर स्पोर्टस अवार्डअन्तर्गत लोकप्रिय खेलाडीको मनोनयनमा परेका हुन्। स्पोर्टस अवार्डको ८ विधामध्ये लोकप्रिय एक विधा हो। विमलले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, भलिबलकी सरस्वती चौधरी, पौडीकी सोफिया शाह र एथलेटिक्सका यामसाजन सुनारसँग प्रतिस्पर्धा गर्नेछन्। एसएमएस र फेसबुक लाइकका आधारमा छनोट हुने लोकप्रिय खेलाडीको नाम जेठ १९ गते घोषणा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

####
.jpg)

0 comments
Write Down Your Comment