स्वर्गिय सुनारका परिवारको सहयोगार्थ खाता खोलियो
####good
गुल्मी, बैशाख २३ । आर्थिक अभावका कारण मृगौला रोगको उपचार गर्न नसकेर १५ दिन अघि मृत्यु भएका गुल्मी अमरपुर ४ का भुपाल सुनारका परिवारको सहयोगार्थ स्थानिय सहयोग समितिले बैंकमा खाता खोली दिएको छ ।
स्थानिय समाज सेवी एवं सहयोग संकलन अभियानका संयोजक लक्ष्मण पराजुलीले साईन रेसुङ्गा बैंक, सिमलटारी शाखामा स्वर्गिय सुनारकी श्रीमति कमला सुनारका नाममा खाता खोली दिएको जानकारी गराउनु भयो ।
सो बैंकमा श्रीमति सुनारका नाममा ०१४००७०००७४६४५०००००१ नम्वरको खाता खोलिएको छ । स्वर्गिय सुनार परिावारलाई सहयोग गर्ने घोषण गरी सक्नु भएका र गर्न चाहने महानुभावले उक्त खातामा रकम राखी दिन संयोजक पराजुलीले आग्राह गर्नु भएको छ ।
ओझेलका खवर युनिटले तयारी पारेको ‘ आउँ संगै मरौं , म एक्लै मर्दिन्् ’ शिर्षकको रेडियो रिर्पोट सुनेर थुप्रै महानुभावले सहयोग घोषण गर्नु भएको र अन्य महानुभावले गर्नका लागि फोन गरी रहनु भएकोले खाता खोलि दिएको स्थानिय समाज सेवीहरुले बताएका छन् ।
रकम खातामा राखेर यस समाचार दातालाई समाचार विवरण टिपाउन आग्राह समेत गरिएको छ । त्यस्तै श्रीमति सुनारसंग सोधपुछ गर्न चाहने महानुभावले उहाँका जेठाजु कमानसिं सुनार वा लक्ष्मण पराजुलीको ९७५७०००७०१ मा सम्र्पक राख्न सकिने छ । गत एक वर्ष देखि उपचारका क्रममा दुई–तिन लाख ऋण लगाएका सुनार परिवारले त्यो ऋण तिर्दा घरवासै उठ्ने अवस्था रहेको छ । क्रिया क्रम समेत चन्दा उठाएर गरिएको थियो ।
यसै विच गत चैत्र महिनामा वलात्कृत भएकी खडगकोटकी १० वर्षिया वालिकालाई सहयोग गर्नु हुने महानुभावहरुका लागि पनि खाता खोल्नका लागि जिल्ला प्रहरी कर्यायल गुल्मीमा जन्म दर्ता आई पुगेकोले अव छिट्टै खोलेर जानकारी दिईने भएको छ । उनका बेपत्ता पिताको जन्म घर बाग्लुङ्ग भएको थाह पाए पछि उहाँ पुगेर जन्म दर्ता गराउँदा ढिलाई भएको हो ।

####
.jpg)

0 comments
Write Down Your Comment