तीन जिल्ला जोड्ने सडक कालोपत्रे हुँदै
####good
गुल्मी, वैशाख २४ । प्यूठान र बाग्लुङ जोड्ने रणनीतिक महत्त्वका दुई सडकको कालोपत्रे सुरु भएको छ ।
लामो समयदेखि कच्ची सडक रहेको तम्घास-सिमलटारी-पुर्कोट दह हुँदै प्यूठान जोड्ने ४२ किलोमिटर सडकका लागि ४१ करोड, तम्घास नयाँ गाउँ हाडहाडे हुँदै पुर्कोट दह सडकका लागि ११ करोड र रिडी-रुद्रवेणी-वामीटक्सार हुँदै बाग्लुङ जोड्ने सडकका लागि ३ करोड ५० लाख उपलब्ध गराएपछि सडक डिभिजन कार्यालय पाल्पाले तीन वटै सडक कालोपत्रे गर्न सुरु गरेको हो । तम्घास-सिमलटारी-प्यूठान र रिडी-वामीटक्सार-बाग्लुङ सडक आर्थिक केन्द्र जोड्ने रणनीतिक सडक हुन् । त्यस्तै तम्घास-हाडहाडे-पुर्कोट दह सडक क्षेत्रीय सडक हो । राष्ट्रिय योजना आयोगले प्राथमिकतामा राखेका दुई जिल्ला जोड्ने दुई सडक र तम्घास हाडहाडे हुँदै पुर्कोट दह पुग्ने सडक कालोपत्रेका लागि प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख कर्ण रानाभाटले बताए । तम्घास, सिमलटारी पुर्कोट दह प्यूठान ४२, तम्घास नयाँगाउँ हाडहाडे पुर्कोट दह ३१ र रिडी-रुद्रवेणी-वामीटक्सार हुँदै बाग्लुङ जोड्ने सडक ४६ किलोमिटर छन् ।
तम्घास-सिमलटारी-प्यूठान सडक खण्ड कालोपत्रे गर्न सडक डिभिजन कार्यालय, पाल्पाले पहिलो खण्ड ४ करोड र दोस्रो खण्ड ३७ करोड गरी टेन्डर गरिसकेको छ । त्यस्तै तम्घास-नयाँगाउँ-हाडहाडे हुँदै पुर्कोट दह खण्डको ११ करोडको पनि टेन्डर भइसकेको र रिडी-वामीटक्सार खण्डमा सडक चौडा पार्ने, नाली, कल्भर्ट वाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । दैनिक १ सय २५ भन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडकका लागि आयोगले यस वर्ष ३ करोड ५० लाख पठाएको छ । तर तीन वटै सडकलाई बहुवषर्ीय योजनामा राखिएकाले क्रमशः कालोपत्रे गर्दै अगाडि बढ्ने रानाभाटले बताए । ‘महत्त्वका हिसाबले यस वर्ष सडकका लागि गुल्मीमा निकै बजेट आएको छ,’ रानाभाटले भने, ‘तीन वटै सडक बहुवषर्ीय योजनामा गएका छन्, अब सबै कालोपत्रे हुन्छन् ।’
सडकसँगै जिल्लामा गत वर्ष र यस वर्ष गरी १३ पक्की पुल निर्माणाधीन छन् । पुल र सडकसमेत गरी जिल्लामा यस वर्ष १ अर्बभन्दा बढीको भौतिक निर्माण भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । तीन ठूला सडक बहुवषर्ीय योजनामा परेर कालोपत्रे सुरु हुनु र १३ वटा पक्की पुलको निर्माण सुरु हुनु जिल्लाको विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि भएको सभासद गोकर्ण विष्टले बताए । ‘सडकसँगै विद्युतीकरणका लागि पनि पहल भइरहेको छ,’ विष्टले भने ।
त्यस्तै विश्व बैंककै सहयोगमा तीन साना सडक चोरकाटे-शान्तिपुर, सेउघा- सीमाघाट-बरबोट र तम्घास-नेटा सडक पनि यसै वर्षदेखि कालोपत्रेको प्रक्रियामा अगाडि बढेको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार ३ करोडको लागतमा राक्सेखोला, २ करोड ५० लाखमा बाग्लुङ जोड्ने दरमखोला, ५ करोड लागतमा इन्द्रगौडा, ८ करोड ५० लाखमा हुग्दी खोला, ५ करोड लागतमा बडिघाट खोला मजुवा, ५ करोड ५० लाख लागतमा बडिघाट उल्लीखोला, २ करोड ३० लाखमा खैरेनी, १७ करोड लागतमा रिडीमा, १ करोड ५० लाख लागतमा निस्ती खोला र २ करोड लागतमा भनभने खोलामा पक्की पुल निर्माण भइरहेका छन् । धेरै पुल निर्माणाधीन रहेको र केही यसै वर्ष निर्माण सुरु हुने गरी टेन्डर भइसकेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर विष्णु श्रेष्ठले बताए ।
लामो समयदेखि कच्ची सडक रहेको तम्घास-सिमलटारी-पुर्कोट दह हुँदै प्यूठान जोड्ने ४२ किलोमिटर सडकका लागि ४१ करोड, तम्घास नयाँ गाउँ हाडहाडे हुँदै पुर्कोट दह सडकका लागि ११ करोड र रिडी-रुद्रवेणी-वामीटक्सार हुँदै बाग्लुङ जोड्ने सडकका लागि ३ करोड ५० लाख उपलब्ध गराएपछि सडक डिभिजन कार्यालय पाल्पाले तीन वटै सडक कालोपत्रे गर्न सुरु गरेको हो । तम्घास-सिमलटारी-प्यूठान र रिडी-वामीटक्सार-बाग्लुङ सडक आर्थिक केन्द्र जोड्ने रणनीतिक सडक हुन् । त्यस्तै तम्घास-हाडहाडे-पुर्कोट दह सडक क्षेत्रीय सडक हो । राष्ट्रिय योजना आयोगले प्राथमिकतामा राखेका दुई जिल्ला जोड्ने दुई सडक र तम्घास हाडहाडे हुँदै पुर्कोट दह पुग्ने सडक कालोपत्रेका लागि प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख कर्ण रानाभाटले बताए । तम्घास, सिमलटारी पुर्कोट दह प्यूठान ४२, तम्घास नयाँगाउँ हाडहाडे पुर्कोट दह ३१ र रिडी-रुद्रवेणी-वामीटक्सार हुँदै बाग्लुङ जोड्ने सडक ४६ किलोमिटर छन् ।तम्घास-सिमलटारी-प्यूठान सडक खण्ड कालोपत्रे गर्न सडक डिभिजन कार्यालय, पाल्पाले पहिलो खण्ड ४ करोड र दोस्रो खण्ड ३७ करोड गरी टेन्डर गरिसकेको छ । त्यस्तै तम्घास-नयाँगाउँ-हाडहाडे हुँदै पुर्कोट दह खण्डको ११ करोडको पनि टेन्डर भइसकेको र रिडी-वामीटक्सार खण्डमा सडक चौडा पार्ने, नाली, कल्भर्ट वाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । दैनिक १ सय २५ भन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडकका लागि आयोगले यस वर्ष ३ करोड ५० लाख पठाएको छ । तर तीन वटै सडकलाई बहुवषर्ीय योजनामा राखिएकाले क्रमशः कालोपत्रे गर्दै अगाडि बढ्ने रानाभाटले बताए । ‘महत्त्वका हिसाबले यस वर्ष सडकका लागि गुल्मीमा निकै बजेट आएको छ,’ रानाभाटले भने, ‘तीन वटै सडक बहुवषर्ीय योजनामा गएका छन्, अब सबै कालोपत्रे हुन्छन् ।’
सडकसँगै जिल्लामा गत वर्ष र यस वर्ष गरी १३ पक्की पुल निर्माणाधीन छन् । पुल र सडकसमेत गरी जिल्लामा यस वर्ष १ अर्बभन्दा बढीको भौतिक निर्माण भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । तीन ठूला सडक बहुवषर्ीय योजनामा परेर कालोपत्रे सुरु हुनु र १३ वटा पक्की पुलको निर्माण सुरु हुनु जिल्लाको विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि भएको सभासद गोकर्ण विष्टले बताए । ‘सडकसँगै विद्युतीकरणका लागि पनि पहल भइरहेको छ,’ विष्टले भने ।
त्यस्तै विश्व बैंककै सहयोगमा तीन साना सडक चोरकाटे-शान्तिपुर, सेउघा- सीमाघाट-बरबोट र तम्घास-नेटा सडक पनि यसै वर्षदेखि कालोपत्रेको प्रक्रियामा अगाडि बढेको स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार ३ करोडको लागतमा राक्सेखोला, २ करोड ५० लाखमा बाग्लुङ जोड्ने दरमखोला, ५ करोड लागतमा इन्द्रगौडा, ८ करोड ५० लाखमा हुग्दी खोला, ५ करोड लागतमा बडिघाट खोला मजुवा, ५ करोड ५० लाख लागतमा बडिघाट उल्लीखोला, २ करोड ३० लाखमा खैरेनी, १७ करोड लागतमा रिडीमा, १ करोड ५० लाख लागतमा निस्ती खोला र २ करोड लागतमा भनभने खोलामा पक्की पुल निर्माण भइरहेका छन् । धेरै पुल निर्माणाधीन रहेको र केही यसै वर्ष निर्माण सुरु हुने गरी टेन्डर भइसकेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर विष्णु श्रेष्ठले बताए ।
####
.jpg)




0 comments
Write Down Your Comment