एआइजीमा बढुवा हुन पैसाको चलखेल: एसएसपी खरेल
####good
काठमाडौ: प्रहरी संगठनमा खरो स्वभावका मानिने एसएसपी रमेश खरेलले केही उच्‍च प्रहरी अधिकृत बढुवाका लागि अस्वस्थ खेलमा लागेको आरोप लगाएका छन्। राजधानीको पुलिस कलबमा शनिबार आयोजित भ्रष्टाचारविरोधी भियन्तालाई सम्‍मान' कार्यक्रममा खरेलले यस्तो आरोप लगाएका हुन्।

उनले ६ महिनादेखि रोकिएको बढुवा प्रसँग झिक्दै भने, ' अहिले डिआइजीबाट एआइजीमा बढुवा हुनका लागि कतिपय पैसाका ब्रिफकेस बोकेर मन्त्री र नेताका घरमा घाइरहेका छन्। यसले प्रहरी संगठनको गरिमामा कस्तो प्रभाव पार्छ?' प्रमुख अतिथि परराष्ट्रमन्त्री महेन्द्र पाण्डे रहेको कार्यक्रममा खरेलले मन्त्री र नेताको घरघरमा पुग्‍ने डीआइजीहरुलाई बढुवा नदिन सुझाए। उनले भ्रष्टाचार रोक्न सरुवा वढुवामा चलखेल रोक्नु पर्ने र राम्रा प्रहरी अधिकृतको मात्रै बढुवामा ध्यान दिनुपर्ने बताएका थिए।

पैसाले बढुवा हुन पाइदैन, पैसाले बढुवा भए त्यसले भ्रष्टाचार जन्माउँछ', खरेलले भने। डिआइजीहरुको बढुवाका विषयमा कडा अभिव्यक्ति दिनुभएछ नि भन्‍ने प्रश्‍नमा एसएसपी खरेलले अन्‍नपूर्णसँग भने, 'भ्रष्टाचार लुकेर लुक्दैन, मैले एउटा उदाहरण मात्रै दिउको हुँ, मैले बोल्दा जवाफ दिनु पर्ला म तयार छु।' यस अघि पनि एसएसपी खरेलले केही प्रहरी अधिकृत र नेता नाम लिएर मिडियामा अन्त‍रवार्ता दिएपछि डिआइजीहरुको बैठकमा उनको तिखो आलोचना भएको थियो।

####




,

0 comments

Write Down Your Comment