रमेश खरेलमाथि छानीबिन गर्न समिति
####good
काठमाडौबाट सरुवा गर्ने तयारी
संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत भएको छ ।काठमाडौ, जेष्ठ ११ - काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले सार्व
जनिक कार्यक्रममा संगठनका बरिष्ठ अधिकृतबारे गलत अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले छानबिन सुरु गरेको छ । खरेलले शनिबार प्रज्ञाप्रतिष्ठानमा आयोजित सार्वजनिक समारोहमा आफ्नो संगठनका भ्रष्ट डीआईजीहरु एआईजी पदमा बढुवा हुन ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएका थिए ।
मुख्यालयले जिम्मेवार पदमा बसेर आफ्नै सगठनका अधिकारीहरुको बिरुद्धमा बोलेर संगठनको चेनअफ कमाण्ड बिथोलेको भन्दै उनी माथि छानबीन गर्न मुख्यालयका नायब महानिरीक्षक (डिआईजी) विज्ञानराज शर्माको नेतृत्वमा ३ सदस्यिय समिति बनाएको हो । समितिलाई एक हप्ता भित्र खरेलले उक्त कार्यक्रममा बोलेको अभिब्यक्ति माथि छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी रमेश पाण्डे र कानुन शाखाका एसपी गणेश थापा छन् ।
यसैबिच मुख्यालयले पटक/पटक सचेत गराउँदामा समेत संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत गरेको छ । उनले केही समयअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिदै संगठन भित्र राम्रा र नराम्रा आफू भन्दा माथिल्ला प्रहरी अधिकारीको नाम नै लिएका थिए ।
त्यो ताका समेत मुख्यालयमा उनको चर्को विरोध भएको थियो । ब्यावसायिक हिसाबले कुशल, दक्ष र निडर मानिने खरेलले चेनअफ कमाण्ड बाहिर गएर अभिब्यक्ति दिन थालेपछि उनको चर्को आलोचना हुन सुरु भएको छ ।
संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत भएको छ ।काठमाडौ, जेष्ठ ११ - काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले सार्वजनिक कार्यक्रममा संगठनका बरिष्ठ अधिकृतबारे गलत अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले छानबिन सुरु गरेको छ । खरेलले शनिबार प्रज्ञाप्रतिष्ठानमा आयोजित सार्वजनिक समारोहमा आफ्नो संगठनका भ्रष्ट डीआईजीहरु एआईजी पदमा बढुवा हुन ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएका थिए ।
मुख्यालयले जिम्मेवार पदमा बसेर आफ्नै सगठनका अधिकारीहरुको बिरुद्धमा बोलेर संगठनको चेनअफ कमाण्ड बिथोलेको भन्दै उनी माथि छानबीन गर्न मुख्यालयका नायब महानिरीक्षक (डिआईजी) विज्ञानराज शर्माको नेतृत्वमा ३ सदस्यिय समिति बनाएको हो । समितिलाई एक हप्ता भित्र खरेलले उक्त कार्यक्रममा बोलेको अभिब्यक्ति माथि छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी रमेश पाण्डे र कानुन शाखाका एसपी गणेश थापा छन् ।
यसैबिच मुख्यालयले पटक/पटक सचेत गराउँदामा समेत संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत गरेको छ । उनले केही समयअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिदै संगठन भित्र राम्रा र नराम्रा आफू भन्दा माथिल्ला प्रहरी अधिकारीको नाम नै लिएका थिए ।
त्यो ताका समेत मुख्यालयमा उनको चर्को विरोध भएको थियो । ब्यावसायिक हिसाबले कुशल, दक्ष र निडर मानिने खरेलले चेनअफ कमाण्ड बाहिर गएर अभिब्यक्ति दिन थालेपछि उनको चर्को आलोचना हुन सुरु भएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment