डिजेल चोरीमा संग्लनहरुमाथि पाँचवटा मुद्दा प्रहरी हिरासतमै बिर्यानी देखि मासुभातको सुविधा
####good
आरोपीमाथि सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, भन्सार छली, कालोबजारी र चोरीसहित पाँचवटा मुद्दा चलाइएको रुपन्देही प्रहरीले जनाएको छ । तेल चोरीमा संलग्न ट्यांकरहरु जफत तथा चोरी गरेको तेलको परिमाण बराबरको विगो कायम गरी अशुलउपर गर्नुपर्ने मागसहितको मुद्दा प्रहरीले जिल्ला सरकारी वकील कार्यालय र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पेश गरेको हो ।
आयल निगमको भलबारीस्थित क्षेत्रीय कार्यालय प्रमुख नगेन्द्र कुर्मी र तेलको मापदण्ड नापजाँच गर्ने कर्मचारी देवेन्द्र बस्नेत र रविन्द कुमर राउतमाथि सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग र कालोबजारी मुद्दा लगाइएको प्रहरी श्रोतले जनाएको छ ।
प्रहरीले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ बुटवलका प्रमुख सल्लाहकार चोपनरायण श्रेष्ठका चारवटा ट्यांकर जफत गर्न माग गरेको छ । सबैभन्दा धेरै विगो पनि उनैको कायम भएको छ । ट्यांकरसहित चोपनारायणले यो काण्डमा डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति गुमाउने अवस्था आएको हो । चोपनारायणले दैनिक एकसय लिटरभन्दा बढी पेट्रोलियम पादर्थ चोर्ने गरेको पक्राउ परेका निगमका कर्मचारीहरुले प्रहरीलाई बयानमा बताएका छन् ।
यस्तै पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्वाध्यक्ष हरिबहादुर कुवँरको एउटा ट्यांकर जफत हुने भएको छ । कुवँरले करिब ५० लाख रुपैयाँ बराबरको सम्पत्ति गुमाउनु पर्ने देखिएको छ ।
कुवँरलाई दाल भात, कर्मीलाई बिर्यानी
तेल चोरीको आरोपमा पक्राउ परेका २७ जना मध्ये २४ जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुनामा राखेको छ । बाँकी तीनजना निगमका कर्मचारी छन् । उनीहरुलाई प्रहरीले थुनामा नराखी जिप्रका रुपन्देहीको मिटिङ्ग हलमा पाहुना बनाएर राखेको छ ।
.jpg)
अनुसन्धानमा तेल चोरीमा ट्यांकर व्यवसायीको प्रत्यक्ष संग्लनता देखिएपछि व्यवसायीहरुको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरी पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्व अध्यक्ष हरिबहादुर कुवँरलाई समेत काठमाडौंबाट पक्राउ गरी जिप्रका रुपन्देहीको थुनामै राखेको छ ।
पक्राउ परेका निगमका कर्मचारीलाई प्रहरीको रासन मन नपरेपछि उनीहरुकै रोजाईमा बिर्यानी, अण्डा, ब्रेड, मास बजारबाट मिटिङ्गहलमै प्रहरीले लाने गरेको स्रोतले जनाएको छ । प्रहरीले खाने पानी समेत मन नपरेपछि आयल निगमका कर्मचारीलाई रेन कम्पनीको ‘मिनरल वाटर’ पेश हुने गर्दछ ।
खोरमा रहेका कुवँरलाई भेट्न युवतीको लाइन
युवतीतर्फ धेरै आर्कषित तेल चोरीको आरोपमा पक्राउ पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्व अध्यक्ष हरिबहादुर कुवँरलाई भेट्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा युवतीहरुको लाइन लाग्ने गरेको प्रहरी श्रोतले जनाएको छ ।
थुनामा रहेका कुवँरलाई पुरुष भन्दाबढी युवतीहरु भेट्न आउने गरेको प्रहरी नै स्वीकार्छन् । कुवँरलाई भेट्न प्रत्येक दिन चारजना युवतीहरु आउने गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले बताए ।
पूर्व अध्यक्ष कुवँरको नाममा पक्राउ पुर्जी जारी भएपछि भैरहवाको प्रचण्ड गर्मीबाट भागेर काठमाडौंको चिसोमा लुकेर बसेका थिए । तर कुवँरलाई प्रहरीले पक्राउ गरी पुन भैरहवामै ल्याएर जिप्रका रुपन्देहीको थुनामा राखेपछि गर्मीमा नबस्ने भनेका कुवँरलाई थुनाको कोठाबाट निकालेर थुनाकै गल्लीमा राखिएको छ ।
अझै पक्राउ परेनन् फरार आरोपी
तेल चोरीको आरोपमा विभिन्न व्यक्तिहरुको नाममा पक्राउ पुर्जी जारी भएपनि अहिलेसम्म पक्राउ परेका छैनन् । फरार हुनेमा तेल चोरीका मुख्य नाइके पडसरी-१ का विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलिया-३ का विक्की भन्ने विकास क्षेत्रीसहित पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीे, उद्योग वाणिज्य महासंघका केन्दि्रय सदस्य एवम् पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ बुटवलका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, अध्यक्ष राकेश कुमार कशौधन, बरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे रहेका छन् ।
यसैगरी बुटवल-२ का दयाशंकर यादव, तौलिहावाका वृजेन्द्र कुमारी चौधरी, प्रेमराज गैरे, बुटवल-८ कि पि्रती जयसवाल, पिंकी कलवार जयसवाल, राजेश कुमार अग्रवाल, पुशपतिनाथ कशौधन, रुद्र शर्मा, बुटवल मिलनचोकका श्रवण कुमार श्रेष्ठ र पप्पु कुमार कशौधन पनि फरार छन् ।
####
.jpg)


.jpg)

0 comments
Write Down Your Comment