आयोगले प्रचण्डलाई भन्यो- आइन्दा अनुमति मागेर मात्र हेलिकप्टर चढ्नू
####good
आयोग स्रोतका अनुसार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचारसंहिता विपरित प्रयोग गरेको हेलिकोप्टरको बारेमा आइन्दा आयोगको अनुमित लिएर मात्र चलाउन भनेको छ।
यसअघि आयोगले प्रचण्डलाई ओखलढुङ्गा, सोलु, ताप्लेजुङ जस्ता विकट क्षेत्रमा पुग्नको लागि हेलिकोप्टर प्रयोग गर्न खुल्ला गरिदिएको थियो।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा दैवी प्रकोप भएमा, यातायात अवरुद्ध भएमा, दूर्गम वा विशेष परिस्थितिमा मात्र आयोगको पूर्वस्वीकृति लिएर मात्र हेलिकोप्टर चढाउन पाइने उल्लेख छ ।
तर प्रचण्डले काठमाडौंको छिमेकी जिल्ला काभ्रेमा भएको चुनावी सभामा जान समेत हेलिकोप्टर प्रयोग गरेका थिए ।
निर्वाचन आयोगमा विहीबार बसेको बैठकले राप्रपा नेपालका अध्यक्ष कमल थापामा चुनावी प्रचारका क्रममा इलाममा सवारीसाधनको लाइन लगाएर आचार संहिताको उल्लंघन गरेको भन्दै तीन दिन भित्रमा स्पष्टीकरण दिन भनेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment