अनौठो पर्स–जो फजुल खर्चबाट रोक्छ, जबरजस्ती गरे रुन्छ
####good
यसले नगदको हिसावसँगै तपाईको बही खाता समेत देखाउँछ । कम्पनीले यो पर्सलाई एक ग्याजेटको रुप दिएको छ । यसलाई एक स्मार्ट फोनको माध्यमबाट ज्याम नामको एप्लिेकशनले निर्देशन र संचालन गर्छ । यो पर्स दुई मोडमा संचालित हुन्छ ।
एकमा सेभ मोड छ, जसले बचत गर्छ भने अर्को कन्जम्सन मोड छ, जसको आधारमा तपाई नगद खर्च गर्न सक्नु हुन्छ । रकम कम हुँदै गएको बेला खर्च गर्न खोजे भाग्ने यो पर्सलाई तपाईले जवर्जस्ती खर्च गर्न खोजे रोएको आवाजका साथ सहयोग पनि माग्छ । यो हाइटेक पर्स यति छुच्चो छ कि, तपाईले फजुल खर्च गर्दा आमालाई फोन वा इमेलमार्फत उजुरी पनि गरिदिन्छ । तर, तपाईको पर्समा धेरै पैसा छ भने यसले किनमेलका लागि हरियो झण्डासमेत देखाउँछ ।
####
.jpg)




0 comments
Write Down Your Comment