सामाखुशीमा माइक्रोबसमा पेट्रोल बम प्रहार ,८ जना घाइते, दुईको अवस्था गम्भीर
####good
बालाजुबाट महाराजगञ्ज जाँदै गरेको बा १ ज ९८९१ नम्बरको माइक्रोबसमा अपरिचित समूहले पेट्रोल बम प्रहार गरेका हुन् ।
बम प्रहारमा माइक्रो चालक नुवाकोटको रालुका- ७ का रामबहादुर थापा, ध्वजसिंह विष्ट, अप्सरा बस्नेत, सानुबाबु बस्नेत, मञ्जु पन्त, विनोदबहादुर चन्द, दोलखा डाँडाखर्ककी नितु श्रेष्ठ र उनकी साढे ४ वर्षकी छोरी मञ्जु पनि घाइते भएकी छन् । घाइते सवैको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
####
.jpg)



0 comments
Write Down Your Comment