एमाओवादीको कार्यकर्ता बोकेको बस पटिल्यो, १० घाइते
####good
लमजुङ, कार्तिक २८ । लमजुङमा एकीकृत माओवादीको आमसभामा सहभागी हुनेहरु बोकेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने आमसभाका लागि भोटेओडारबाट सदरमुकाम बेसीसहरतर्फ सर्वसाधारण–कार्यकर्तालाई बोकेर जाँदै गरेको बस उदीपुर भन्ने स्थानमा दुर्घटना भएको हो ।घाइतेहरु मध्ये तार्कुघाट–५ का राजन बराकोटी र कुन्छा–८ का विकास न्यौपानेको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment