टि–२० विश्व कप क्रिकेट छनौटमा नेपालको विजय यात्रा जारी
####good
टि–२० विश्व कप क्रिकेट छनौटमा नेपालको विजय यात्रा जारी छ । आज भएको खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । १ सय ८३ रनको लक्ष्य नेपालले २ बल बाकी छदा ४ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५४ रन र सरद भेस्वाकार २३ रनमा नट आउट रहे । सुरुवाती ब्याट्सम्यान सुवास खकुरेलले ५४ रनको अर्थ सतकिय पारी खेल्दा ज्ञानेन्द्र मल्लले ३२ रनको योगदान गरे । यस अघि केन्याले पुरै २० आभेर खेल्दै सात विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । आज को जित सगै नेपालको अघिल्लो चरण प्रबेशको संभावना बलियो बनेको छ । यस अघि हिजो नेपालले डेनमार्कलाई ५ विकेटले हराएको थियो ।
####




0 comments

Write Down Your Comment