नेकपा–माओवादी आंतककारी बन्यो : प्रमुख आयुक्त उप्रेती (भिडियोसहित)
####good
रिपोर्टर्स क्लवले आज राजधानीमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आमहडताल र बन्दको नाममा सर्वसाधारणमाथिनै आक्रमण केन्द्रित गरिएको भन्दै चुनाव विरोधी ३३ दलीय मोर्चालाई आतंककारीको संज्ञा दिए ।
उप्रेतीले सुरक्षा अवस्था राम्रो भएकोले भोट खसाल्ने अधिकारबाट बञ्चित नहुन सबै मतदातालाई आग्रह गरे ।
निर्वाचन सम्पन्न गर्न आयोगले देशैभर पूरा तयारी गरिसकेको जानकारी दिदै उप्रेतीले लोकतन्त्रलाई संस्थागत गर्न सवैको सहयोग आवश्यक भएको बताए ।
उनले केही ठूला दलले आचारसंहिताको उल्लंघन गरिरहेको स्वीकार्दै त्यस्ता दललाई कारबाही गरिने विश्वास दिलाए ।
####
.jpg)




0 comments
Write Down Your Comment