पपुवा न्युगिनीद्वारा नेपालसामू १ सय ४१ रनको लक्ष्य प्रस्तुत
####good
४ मंसिर, काठमाडौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामू १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सारजहाँ क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । एक दिवसीयका पूराना प्रतिद्वन्द्वी नेपाल र पपुवा न्युगिनी ट्वान्टी–२० मा पनि नौला होइनन् ।
२०१२ मा यूएईमा भएको प्रतियोगितामा नेपाल र पपुवा न्युगिनी दुबै एकै समूहमा परेका थिए । समूह ए को खेलमा पपुवा न्युगिनीँग ३५ रनले पराजित भएपछि नेपाल अर्को चरणमा प्रवेश गर्न बन्चित भएको थियो । तर, सातौं स्थानमा लागि भएको प्लेअफमा नेपालले ६ विकेटको जित निकाल्दै पपुवा न्युगिनीसँग बदला लिएको थियो ।
समूह बीमा रहेको नेपाल ४ अंकका दोस्रो स्थानमा छ भने समान अंक जोडेको पपुवा न्युगिनी रन रेटका आधारमा अघि रहँदै शीर्ष स्थानमा छ ।
नेपाल हिजो भएको आफ्नो तेस्रो खेलमा स्कटल्याण्डसंग ८ विकेटले पराजित भएको थियो । यसअघि नेपालले पहिलो खेलमा डेनमार्कलाई ५ विकेट तथा दोस्रो खेलमा केन्यालाई ६ विकेटले पराजित गरेको थियो ।
####




0 comments

Write Down Your Comment