अध्यक्ष रेग्मीद्वारा दे्शवासीका नाममा सम्बोधन जारी
####good
काठमाडौं, मंसिर २ - अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।
रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले चुनावमा सहभागी हुन आहृवान गर्दै साँझ ६ बजे सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको हलबाट राष्ट्रका नाममा सम्बोधन हुन लागेको जानकारी दिए । सम्बोधनमा रेग्मीले चुनाव बहिस्कारको घोषणा गरेका नेकपा-माओवादीसहितका ३३ दललाई पनि सहयोग गर्न आहृवान गर्नेछन् ।
रेग्मीले यसअघि संविधानसभा चुनावको मिति घोषणा भएको भोलिपल्ट जेठ ३१ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
कार्टरले भेटे रेग्मीलाई
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर आइतबार बिहान मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँग भेट गरेका छन् ।
बालुवाटारमा भएको भेट मंगलबार हुने संविधानसभा निर्वाचनमा केन्द्रित रहृयो । उनी चुनाव अवलोकन गर्न शनिबार काठमाडौं आएका हुन् ।
कार्टरले पहिलो संविधानसभा चुनावको पनि पर्यवेक्षण गरेका थिए ।
उनले शनिबारै पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर चुनावी तयारीबारे जानकारी लिएका थिए ।
कार्टरले आइतबार नै राष्ट्रपति रामवरण यादव, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलगायतलाई भेट्ने कार्यक्रम छ । उनी ६ दिन नेपाल बस्नेछन् ।
कार्टर सेन्टरले १२ दीर्घकालीनलगायत ६४ पर्यवेक्षक परिचालन गरेको छ ।


####




0 comments

Write Down Your Comment