बन्दलाई आम नागरिकले बहिष्कार गरे : रेग्मी
####good
चुनावी सरकार सफल भएको दाबी
२ मंसिर, काठमाण्डौ । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफ्नो नेतृत्वमा चुनावी सरकार गठन भएदेखि अहिलेसम्म सरकार सफल भएको वताउनु भएको छ ।’ उहाँले राजनीतिक निकासको एक सूत्रीय लक्ष्य पूरा गर्न वर्तमान सरकार गठन उल्लेख गर्नु भयो ।
आइतवार साँझ सिंहदरबारवाट देशवासीमा नाममा सम्बोधन गर्दै उहाँले संविधानसभा विघटनसँगै देशमा राजनीतिक र संवैधानिक जटिलता आएको र संविधान निर्माणको ढोका खोल्न वर्तमान सरकार गठन भएको वताउनुभयो ।
रेग्मीले इतिहासले दिएको विशेष अवसरका रुपमा मंसिर ४ को दोस्रो संविधानसभाको निर्वाचन हुन लागेको वताउनुभयो । उहाँले भन्नुभयो,’इतिहासले दोस्रो संविधान सभाको निर्वाचनलाई विशेष अबसर दिएको छ । मंसिर ४ को चुनावले राजनीतिक नेतृत्वको सरकार गठन गरी राजनीतिक निकास दिने छ। ‘
उहाँले संविधानसभा निर्वाचनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरवाट सरकारलाई उल्लेखनिय सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँले मंगलवारको निर्वाचन सफल पार्न सरकारले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन विशेष सुरक्षा लागू गरेकाले ढुक्क भएर चुनावमा भोट हाल्न आम नागरिकहरुलाई अपिल गर्नु भयो ।
उहाँले चुनाव वहिष्कार गर्न बन्द गर्नेहरुलाई आम नागरिकले बहिष्कार गरेर चुनावमा जुटिसकेको दावी गर्नु भयो । उहाँले पटकको आमहड्ताललाई जनस्तरबाट बहिष्कार गरिएको वताउनुभयो ।  उहाँले निर्वाचन वहिष्कार गरेर शान्ति पूर्णरुपमा आन्दोलन गर्नु अधिकार भएपनि जनभावना विपरित कार्य गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरित भएको वताउनुभयो ।


####




0 comments

Write Down Your Comment