डेनमार्क बिरुद्द नेपालको ५ बिकेको जीत
####good
टि टवान्टी विश्वकप छनौट अन्तर्गत डेनमार्क विरुद्धको खेलमा नेपालले जीत दर्ता गरेको छ । दुबईमा टस हारेर बलिङ्ग गरेको नेपालले छनौट अन्तर्गतको पहिलो खेलमा डेनमार्कलाई २ बल बाँकि छँदा ७९ रनमा समेटेको हो । सागर पुनले ३, बसन्त रेग्मी र जितेन्द्र मुखियाले २/२ तथा पारस खड्का र शक्ति गोचनले १/१ विकेट लिए । डेनमार्कका लागि हमिद शाहले १८ र माइकल पिडर्सनले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

दोस्रो पारीको सुरुवात गरेको नेपालले शुन्यमा नै दुई बिशाल झड्काको सामना गर्यो। तर चौथो ब्यट्समेनका रुपमा मैदान आएका पारसले पाँच छक्का र एक चौकाको मदतले 34 बलमा 48 रनको बिष्फोटक पारी खेलेपछी नेपाल अझ जीत नजीक पुगेको हो।
पारशको पेबेलीयन पछी पुन दुई बिकेट लगातार झरेपनी त्यसले डेनमार्कलाई त्यसले हारबाट जोगाउन सकेन र नेपालले खेल पाँच बिकेटले जीत्यो। जीत सगै छनौट चरणमा नेपालको सानदार बिजयी सुरुबात भएको छ।

नेपाली टिमलाई NCT परीवारको तर्फबाट हार्दिक बधाई।

####




,

0 comments

Write Down Your Comment