मैनाकुमारी भण्डारी
####good
मैनाकुमारी भण्डारी नेकपा एमाले निर्वाचन क्षेत्र: गुल्मी-१
मैनाकुमारी भण्डारीको जन्म वि.स. २०१५ साल असोज १५ गते जुनिया गाविस– ७ गुल्मीमा भएको हो । हाल उहाँ जुहाङ गाविस १ चोरकाटेमा बस्नुहुन्छ । उहाँका बुबाको नाम भक्तबहादुर विष्ट र आमाको नाम चन्द्रकला बिष्ट हो ।

भण्डारीले २०३७ सालदेखि अनेरास्ववियूबाट राजनीति सुरु गर्नुभएको हो । शिक्षा संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गरेकी भण्डारी शिक्षण पृष्ठभूमिबाट आउनुभएको हो । २५ वर्ष शिक्षण पेशामा रहेकी भण्डारी २०६५ सालमा सेवा निवृत्त हुनुभएको हो । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य भएकी भण्डारी अखिल नेपाल महिला संघको लुम्बिनी ईन्चार्ज र केन्द्रीय सदस्य हुनुहुन्छ । भण्डारी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट चुनाव लडेर पराजित हुनुभएको थियो ।

####




,

0 comments

Write Down Your Comment