अछामबाट एमाओवादीको चुनावी प्रचार टोली लखेटियो
####good
अछाम क्षेत्र नं. २ को रहफ गाविसको भुलुमा पुगेको एमाओवादीका प्रत्यक्ष तर्फका उम्मेदवार झंकर रावलसहितको चुनावी प्रचार टोली र चुनाव बहिष्कारमा उत्रेका ३३ दलका कार्यकर्ताबीच बिहीबार साँझ झडप भएको छ।
बहिस्कारतर्फका एक कार्यकर्ताले दिएको जानकारी अनुसार प्रचार टोलीको माईकका साथै अन्य प्रचार सामाग्री आफूहरुले कब्जा गरेको बताए।

आफूहरुले नआउन आग्रह गर्दा गर्दै पनि अटेर गर्दा झडप भएको उनले बताए। झडप पछि एमाओवादीको टोली त्यहाँ भागेर कर्णाली नदी किनारामा पुगको छ। दुवै पक्षबीच दोहरो झडपको सम्भावना रहेको छ। प्रचार टोली बुधवार रहफ गाविसमा पुगेको थियो।
####




0 comments

Write Down Your Comment