यमीले मतदाताको अगाडि कान समाइन्
####good
चुनाव प्रचारका क्रममा तीनधारे पुगेकी यमीले पहिलो कार्यकालमा विकास गर्न नसकेकोमा कान समाएर माफी माग्नुभएको हो । यमी यसपटक पनि काठमाडौ क्षेत्र नम्बर ७ बाट एकीकृत नेकपा माओवादीको उम्मेदवार हुनुहुन्छ ।तामाङ समुदायको बाहुल्यता रहेको तीनधारे क्षेत्रमा सडक, खानेपानी तथा ढल जस्ता आधारभुत विकास निर्माणका कार्यहरु हुन नसकेको भन्दै स्थानीयवासिन्दाले नेतृ यमी र त्यस क्षेत्रका
एकीकृत माओवादी इन्चार्ज समक्ष घरदैलो कार्यक्रममै आक्रोस पोखेका थिए ।
काठमाडौ ७ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न आफू सधै प्रतिवद्ध रहे पनि तीनधारे क्षेत्रको बारेमा समयमै जानकारी विकास गर्न नसकेको भन्दै यमीले माफी माग्नुभएको हो ।
####
.jpg)



0 comments
Write Down Your Comment