विराटनगरमा नुनको हाहाकार
####good
विराटनगरमा कतिपय पसलले नुन छैन भनी ग्राहकलाई फर्काउने गरेको र नुन कालोबजारीमा बिक्री गरिरहको समेत पाइएको छ ।तर पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ ।
बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताए । कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात रहेको बताइएको छ ।
साल्ट ट्रेडिङले अञ्चल कार्यालय सोझै एवम् डिलरमार्फत नुन बिक्री वितरण गरिरहेको जनाएको छ ।
यता मौका फाइदा उठाउन नेपाल बजार डिपार्टमेन्टल स्टोर विराटनगरले रु २०० को सामान खरिद गरेमा एक प्याकेट नुन बिक्री गरिएकोमा उपभोक्ताले विरोध गरेका छन् ।रासस
####
.jpg)



0 comments
Write Down Your Comment