सर्वोच्चको आदेश नमान्ने बैद्यको घोषणा
####good
२९ कात्तिक, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले सर्वोच्च अदालतलाई चार दलको भन्दै उसको आदेश नमान्ने बताएको छ ।
शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी माओवादी अध्यक्ष बैद्यले अदालतलाई नमान्ने बताउनुभयो । यसअघि बन्द फिर्ता लिन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बुझाउन आएका कर्मचारीलाई माओवादी प्रवक्ता पम्फा भुसालले कार्यालय समय सकिएको भन्दै फिर्ता पठाउनु भएको थियो ।
सर्वोच्च अदालतले बिहीबार संविधानसभा निर्वाचनमा मतदान गर्न पाउने जनताको अधिकारलाई कुन्ठित गर्ने अधिकार सकैसँग नभएको भन्दै वन्द हड्ताल फिर्ता लिन अन्तरिम आदेश दिएको थियो ।
बन्द फिर्ता लिन सर्वोच्च अदालतले दिएको आदेशले बहिस्कार गर्न पाउने जनताको अधिकार कुन्ठित भएको भन्दै बैद्यले त्यसलाई नमान्ने बताउनुभयो । ‘यो चार दलीय दलालत हो । यो अदालतलाई मान्ने कुरै आउँदैन’ अदालतप्रति आक्रामक रुपमा प्रस्तुत भएका बैद्यले भन्नुभयो-’अदालत आफ्नो ढंगले जाओस्, हामी हाम्रो ढंगले जान्छौं ।’ कार्यपालिका र न्यायपालिकामा एउटै व्यक्ति भएपछि अदालत स्वतन्त्र र निस्पक्ष नभएको भन्दै माओवादी अध्यक्ष बैद्यले यदि अदालत साँच्चै स्वतन्त्र थियो भने राष्ट्रिय सहमतिका लागि किन आदेश दिएन भनि प्रश्न गर्नुभयो ।
####




,

0 comments

Write Down Your Comment