एमाओवादीलाई उप्रेतीको जवाफ-अरुलाई औंला उठाउँदा आफूतिर फर्किएला
####good
एकीकृत नेकपा माओवादीले चुनावमा धाँधली भएको र मतपेटिका साटफेर गरिएको आरोप लगाइरहेका बेला निर्वाचन आयोगले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाओवादी आरोपको खण्डन गरेको हो । प्रहरी कार्यालयमा मतपेटिका भेटिएकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रमुख आयुक्त उप्रेतीले निर्वाचन आयोगले निर्वाचन सामाग्रीहरु मतदान हुने स्थल नजिक सुरक्षा निकायकै पहलमा मतपेटिका राख्ने प्रचलन पुरानै रहेको बताउनुभयो । मतपेटिकाहरु पसलमा राख्न नमिल्ने भएकाले सरकारी भवन र सुरक्षा निकायका कार्यलयहरुमै राखिने उहाँले बताउनुभयो ।
मतदान एवं मतगणना कार्य गर्दाखेरि पुरानो प्रचलन अनुसार दलका प्रतिनिधिहरुकै रोहवरमा, उनीहरुलाई देखाएर र उनीहरुको हस्ताक्षरका आधारमा मात्रै गरिएको हुनाले धाँधलीको आरोप लगाउन नमिल्ने उहाँले बताउनुभयो । निर्वाचन प्रक्रियाप्रति चित्त नबुझे संविधानसभा अदालतमा उजुरी गर्ने प्रावधान रहेको उप्रेतीले बसम्झाउनुभयो ।
काठमाडौं ४ निर्वाचन क्षेत्रबाट एमाओवादी उम्मेद्वार पासाङबाट परेको उजुरीमा कुनै निश्चित क्षेत्रको नभई समग्र क्षेत्रको धाँधली भएको भनिएकाले त्यसमा खासै सुनुवाइ गर्नु नपरेको उहाँले बताउनुभयो । मतगणनाका बेला मतपेटिकाको सील समेत दलका प्रतिनिधिकै रोहवरमा तोडिएको उहाँले बताउनुभयो ।
मतगणनाका बेला कसैलाई बाहिर जान मन लाग्दा जान पाउने र हार्नेजस्तो देखेपछि कोही बाहिर जाँदैमा मतगणना नरोकिने उहाँले बताउनुभयो । अहिलेको निर्वाचन निश्पक्ष भएको बताउनुभयो । समानुपातिकतर्फको नतिजा आउन अझै एकसाता लाग्ने उहाँले बताउनुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment