हालसम्म आठ महिला उम्मेद्‌वार बिजयी
####good
काठमाडौ, मंसिर ८ - राजनीतिक दलले थोरैमात्र उउम्मेद्‌वारी दिएका अधिकांश महिला उम्मेद्‌वारमध्ये हालसम्म आठ महिला बिजयी भएका छन् । राजनीतिक दलले यसपालीको संविधान सभा निर्वाचनमा १०.८ प्रतिशत मात्र महिलालाई उम्मेद्वारी दिएका थिए । ती मध्ये शनिबार अबेला सम्मको नतिजा अनुसार आठ महिला बिजयी भएका हुन् ।
बिजयी महिला उम्मेद्वार
दाङ क्षेत्र नम्बर १          - नेपाली कांग्रेस             - पार्बती डीसी चौधरी
दाङ क्षेत्र  नम्बर २         - नेपाली कांग्रेस             - शुशिला चौधरी
कास्की क्षेत्र नम्बर २       - नेपाली कांग्रेस              - सारदा पौडेल
कास्की क्षेत्र नम्बर ४       - नेकपा एमाले              - सीता गीरी
बारा क्षेेत्र नम्बर ४         - नेकपा एम्ााले              - नजमा खातुन
उदयपुर क्षेत्र नम्बर २      - नेकपा एमाले               - मञ्जु चौधरी
बाग्लुङ क्षेत्र नम्बर  ३      - नेपाली कांग्रेस              - ज्ञानकुमारी छन्त्याल
रोल्पा क्षेत्र नम्बर २        - एमाओवादी                 - ओन्सरी घर्ती
उम्मेद्वारी पाएका धेरै महिलालाई जिताउने उदेश्यले युवा जमातले 'भोट कस्लाई ? नेतृलाई !' अभियान समेत चलाएका थिए । अभियान अन्तरगत उनीहरुलाई चुनाब प्रसारप्रचारमा आवश्यक सहयोग गरेका थिए ।
उपत्यकामा काठमाडौं क्षेत्र नम्बर १ बाट एमाओवादीकी रेणु दाहाल, एमालेकी विद्या न्यौपाने, क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी प्रतिमा गौतम, क्ष्ाेत्र नम्बर ७ बाट एमाओवादीकी हिसिला यमी, नेपाली कांग्रेसकी प्रमिला देबी सिंह ढंगोलले उम्मेद्वारी दिएका थिए । यी पाँचै महिला उम्मेद्वारले अग्रता हासिल गर्न सकेनन् । भक्तपुर र ललितपुरमा कुनै पनि महिला उम्मेद्वारले प्रत्यक्षमा उम्मेद्वारी दिएका थिएनन् ।
'तर सोचेका महिला नेतृहरु पछाडि परेकोमा दुःख लागिरहेको छ,' अभियन्ता कला राइले भनिन् । उनका अनुसार काठमाडौंबाटै उम्मेद्वारी लिएका महिला नेतृहरु मध्ये एक/दुई जनाले भए पनि जित्नुपथ्र्यो । जनताले शत्ता र शक्तिलाई हेर्ने रहेछन् । महिलाहरु सत्तामा पुग्न नसकेकाले पनि भोट हालेनन् । अधिकांश महिला उम्मेद्वारले नाम चलेका र शिर्ष नेताहरुसंग प्रतिस्पर्धा गर्नु परेकाले समेत पछाडि परेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा सुप्रभा घिमिरेले उम्मेद्वारी दिएकी थिइन् । विगतको संविधान सभाको निर्वाचनमा त्यही क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट बिजयी भएकी घिमिरेलाई यसपाली पार्टीले टिकट नदिएपछि पार्टी त्याग गरेकी थिइन् । महिलाको हक हितका निम्ति र सह अस्तित्वका निम्ती स्वतन्त्रमा उम्मेद्वारी दिएको बताउँदै आएकी घिमिरेले ९६ मत मात्र प्राप्त गरेकी छिन् ।
हालसम्म प्रत्यक्ष तर्फ ६६७ मध्ये आठ जनाको जित सुनिश्चित भएको छ । भने त्यसमध्येका ६४ जना स्वतन्त्र महिला उम्मेद्वारमध्ये एक जनाले पनि अग्रता हासिल गर्न सकेका छैनन् ।
बीजयी महिला उम्मेद्वारमध्ये बाराकी नजमा खातुन पतिको हत्या भएपछि चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । एमालेबाट उम्मेद्वारी पाएकी खातुन प्रतिस्पर्धीलाई चार हजार मतले पछि पार्दै बारा क्षेत्र नम्बर ४ बाट विजयी भएकी हुन् । क्षेत्र नम्बर ४ का उम्मेद्वार मोहम्मद आलमको हत्या भएपछि एमालेले उनकै पत्नि खातुनलाई उम्मेद्वारी दिएको थियो ।
खातुन मतगणनामा १२ हजार ३ सय ६१ मतसहित विजय भएकी हुन् । उनलाई नेपाली कांग्रेसका सुनिलकुमार गुप्ताले ७ हजार ३ सय ९३ मतले पछयाएका थिए । सोही क्षेत्रबाट तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार जितेन्द्र सोनारको ५ हजार ५ सय ७ मत पाएका छन् ।
अर्की उम्मेद्वार दाङ क्षेत्र नम्बर १ की नेपाली कांग्रेसकी पार्वती डीसी चौधरी ८ हजार ९ सय १७ मत ल्याएर पनि बिजयी भएकी हुन् । दाङकै क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकै शुशिला चौधरी बिजयी भएकी छिन् । उनले १० हजार ४ सय ३३ मत ल्याएकी छिन् । कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकै सारदा पौडेल बिजयी भएकी छिन् । उनी ११ हजार ६ सय ६१ मत ल्याएर बीजयी भएकी हुन् । त्यसैगरी कास्की क्षेत्र नम्बर ४ बाट नेकपा एमालेकी सीता गीरी १५ हजार ४ सय ३८ मत ल्याएर विजयी भएकी छिन् ।


####




0 comments

Write Down Your Comment