नेपालद्धारा बर्मुडा पराजित, विश्वकप छनोटको सम्भावना कायमै
####good
८ मंसीर, काठमाडौ । युएईमा जारी विश्वकप ट्वान्टी-२० छनोट प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा जित हासिल गर्दै नेपालले विश्वकप छनोटको सम्भावनालाई जिवित नै राखेको छ ।
आजको जितसँगै नेपाल समूहको तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल समुहको शीर्ष पाँच स्थानमा पर्ने पक्का भइसकेको छ । यस हिसाबले पनि नेपालले विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ ।
आज भएको खेलमा नेपालले बर्मुडालाई २१ रनले पराजित गरेको हो ।

बर्मुडाका लागी जानिरियो टकरले उत्कृष्ट ब्याटीङ गर्दै ४८ रन जोडेपनि अन्य ब्याट्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् र १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय २७ रन मात्र जोड्न सफल भयो । नेपालका लागि जितेन्द्र मुखियाले ३ विकेट लिएका थिए भने पारस खड्का र अभनाश कर्णले २-२ विकेट र सागर पुन र बसन्त रेग्मीले १-१ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटीङ थालेको नेपालले निर्धारित २० ओभर खेल्दै आफ्ना ८ विकेट गुमाउँदै १ सय ४८ रन जोडेको थियो । नेपालका लागी ज्ञानेन्द्र मल्लले निकै उत्कृष्ट प्रदर्शन गर्दै ३९ रन जोडेका थिए भने सुवास खकुरेलले ३५ रन, सागर पुनले १९ रन, प्रदीप ऐरीले २२ रन, पारस खड्काले ७ रन, बिनोद भण्डारीले १३ रन, सरद भेष्वाकरले ७ रन, बसन्त रेग्मीले १ रन र शक्ति गौचनले १ रन जोडेका थिए ।
####




0 comments

Write Down Your Comment