धान काट्दै र माछा मार्दै उम्मेदवार
####good
गुल्मी, कात्तिक २६ - गुल्मीमा चुनावी चहलपहल उत्कर्षमा पुग्दै जाँदा नेताहरुको भोट माग्ने शैली पनि परिवर्तन गएको छ । कांग्रेस र एमालेका उम्मेदवारहरु घरदैलो र चुनावी सभामा केन्द्रित छन् भने एकीकृत नेकपा माओवादीका उम्मेदवारको भोट माग्ने शैली भने अलि भिन्न देखिएको छ । दलीत वृद्धाको खुट्टा ढोगेर आफ्नो चुनावी अभियानमा मत माग्न सुरु गरेका गुल्मी क्षेत्र नं. २ का एकीकृत नेकपा माओवादीका उम्मेदवार अशोक थापाले खेतमा पुगेर किसानसँगै धान काटेर भोट माग्नु भएको छ ।

जसलाई जे काम गरिरहेको अवस्थामा भेट्यो उसको काममा सघायो गर्दै आएका उहाँले यसअघि बोटे माझीहरुसँग सँगै बढीघाट खोलामा माछा पनि मार्नु भएको थियो । चुनाव प्रचार प्रसारको सिलसिलामा वामीटक्सारमा पुगेका थापा घरमा मानिस नभेटेपछि उनीहरुलाई खोज्दै खेत र खोलामा पुग्नु भएको हो । आफू पनि किसानको छोरा भएको र आफ्नो पार्टी पनि श्रमिकहरुको पार्टी भएको दावी गर्दै उहाँले श्रमलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले आफूले त्यसो गरेको बताउनुभयो । खेत र खोलामा पुगेर मतदाताको काममा सघाउँदै भोट माग्दा मतदाताहरु अत्यन्तै खुसी भएको दावी थापाले गर्नुभयो ।
####




0 comments

Write Down Your Comment