हिंसात्मक गतिविधिमा लागेको भन्दै नेकपा–माओवादीका १७ कार्यकर्ताले पार्टी परित्याग
####good
नेकपा–माओवादी उत्तम ढुङ्गेलसहित १७ जना कार्यकर्ताले आज विराटनगरमा पत्रकारसम्मेलन गर्दै सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा मोरङका वरिष्ठ सदस्य प्रदीपकुमार जोशी, जिल्ला सदस्य तथा नेवाः मुक्ति मोर्चाका संयोजक लवकुमार ताम्राकार, जिल्ला सदस्य उत्तम श्रेष्ठ, कैलाश मेहता, पर्शु श्रेष्ठ, अनेमसङ्घ क्रान्तिकारी जिल्ला सदस्य जुना श्रेष्ठ, ललिता पाण्डे, युवा ब्यूरो सदस्य केशव भुजेल, आकाश ताम्राकार, मोहन श्रेष्ठ, मोहम्मद दिलवर, विजय श्रेष्ठलगायत रहेका छन् ।
लामो समयदेखि आफूहरु पार्टीमा सक्रिय रहेको र पार्टीको केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि तल्लोस्तरमा पार्टीले हिंसात्मक गतिविधि सुरु गरेर बम पड्काउने र भौतिक आक्रमण गर्नेजस्ता गतिविधि गरेर जनताको अधिकार कुण्ठित गर्न थालेकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको उनिहरुले बताए । पार्टी परित्याग गरेका ढुङ्गेलले अन्य धेरै कार्यकर्ताले पनि पार्टी छाड्ने मनस्थिति बनाएको जानकारी गराए ।
####
.jpg)



0 comments
Write Down Your Comment