कालिगण्डकी नदि थुनियो,सर्तक रहन आग्रह (अपडेट)
####good
कालिगण्डकी नदी तालमा परिणत भएर एकै चोटी फुट्न सक्ने भन्दै प्रहरीले सतर्क रहन स्याङजा, पाल्पा र गुल्मीका विभिन्न गाविसका जनतालाई आग्रह गरेको छ ।
तालमा परिणत भएको नदी एकै चोटी फुटेमा स्याङजाको आलमदेवी गाविसको–७ तथा कोटाकोट, कारिकोट चण्डीभन्ज्याङ गाविसको वार्ड नं ४, ५ र ८ , श्रीकृष्णगण्डकी गाविसका केही वडाहरु, पाल्पाको अर्गली, वौवापौखरा, गुल्मीको रुरु, रुद्रवेणी, ठुलो लुम्पेक, अश्लेवा लगाएतका क्षेत्रका जनतालाई सतर्क रहन स्याङजाका प्रहरी नायव उपरिक्षक आभुषण तिमिल्सीनाले जानकारी दिए ।
उनका अनुसार पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको र जुन सुकै वेला खतरा उत्पन्न हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे । जिल्ला प्रहरी कार्यालयवाट प्रहरी टोली कालिगण्डकी थुनिएको ठाउ तर्फ गईसकेको प्रहरी प्रमुख तिमिल्सीनाले जानकारी दिए ।
####
.jpg)




0 comments
Write Down Your Comment