एबिसी टिभीको प्रशारण रोक्न आयोगको निर्देशन
####good
आयोगले सूचना तथा सञ्चार मन्त्रालयलाई पत्र लेखी एबिसी टिभीले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै टिभीको प्रशारण रोक्नका लागि निर्देशन दिएको हो ।
निर्वाचन आयोगको आचारसंहिता विपरित एबिसी टेलिभिजनले मौन अवधि सुरु भइसकेपछि पनि एउटा दल तथा उम्मेदवारको पक्षमा हुने गरी सूचना तथा समाचारहरु प्रशारण गरेको आयोगको भनाई छ ।
एकीकृत नेकपा माओवादीको पक्षमा मात्र सूचना तथा समाचार प्रशारण गर्दै आएको एबिसी टिभीले मौन अवधि सुरु भएपछि पनि आइतवार बेलुकी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ता प्रसारण गरेको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment