एमाओवादी र एमाले बिच झडप,प्रहरीले गोली चलायो
####good
मंसिर ३ ,चितवन
भरतपुर । पुर्वी चितवनको पिप्लेमा एकिकृत नेकपा माओवादी र नेकपा एमाले कार्यकर्ताबीच आज दिउसो झडप भएको छ । झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन । प्रहरीले स्थिति नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको छ । घटनामा संलग्न एकिकृत नेकपा माओवादीका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटना नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले बताए ।
 उता माडीमा समेत नेकपा एमाले र एकिकृत नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएपछि एमालेका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
####




0 comments

Write Down Your Comment