एमाओवादी सभामा बम प्रहार (भिडियोसहित)
####good
ताप्लेजुङ, कार्तिक २५ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एमाओवादीको चुनावी आमसभालाई लक्षित गरी आज बम प्रहार भएको छ । बम प्रहारपछि आमसभाका सहभागीहरुबीच भागदौड मच्चिएको थियो ।
प्रहार गरिएको बम भने नपड्किएको बताइएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्दैछ ।

एमाओवादी ताप्लेजुङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सञ्चपाल मादेनले सभालाई सम्बोधन गरिरहँदा बम प्रहार गरिएको थियो ।

मादेनमाथि गत कात्तिक ८ गते पनि जिल्लाको मेहेले गाविसमा आक्रमण भएको थियो ।
####




,

0 comments

Write Down Your Comment