सेनाको घेरा तोडेर कैदी नाइके फरार
####good
कैलाली, कात्तिक १६ – नेपाली सेनाको सुरक्षा घेरा तोडेर जिल्ला कारागार डडेल्धुराबाट कैदीका नाइके फरार भएका छन् ।कारागार सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक भरत नायकसँग समान किन्न तुफानडाँडा बजार गएको कैदी नाइके कृष्ण पाण्डे फरार भएका हुन ।
विहान सवा सात बजेतिर असइ नायक र कैदी पाण्डे समान किन्न बजार गएका र त्यसपछि पाण्डे फरार भएका जेलर कृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि पाण्डे समान किन्न सुरक्षाकर्मीसँगै बजार जाने गरेका थिए । एकै छिनमा आउँछु भनेर हिँडेर पाण्डे भागेको सँगै गएका असइ नायकले बताएको जेलर बोहराले बताउनुभयो ।
डडेल्धुराको अमरगढी नगरपाकिा ५ किरमडेमा रहेको कारागारमा अहिले नेपाली सेनाले सुरक्षा दिँदै आएको छ । डडेल्धुरा कारागारमा नाइके पाण्डेसहित ३७ जना कैदी बन्दी राखिएका छन् । पाण्डेको साथमा गएका असई नायकलाई भने सेनाले निगरानीमा राखेको र पछि जिल्ला प्रहरी कार्यालयमा लगेर अनुसन्धान गरिने कारागार प्रशासनले जनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment