राजधानीमा बन्दको प्रभाव पातलिदै, सडकमा सवारी चल्न थाले
####good
कोटेश्वरबाट भक्तपुर जाने बस पनि लागिरहेको थियो भने चक्रपथ भएर चल्ने बस पनि लागिरहेको थियो ।ललिलपुर तिर जान करिब ५-६ वटा टेम्पो र बस कोटेश्वर मा तयारी अवस्थामा छ । यस्तै वानेश्वरतिर जाने सवारी पनि लागिरहेको छ ।
कोटेश्वर चोकमा मात्र होइन राजधानीका कुनै पनि मुख्य चोकमा बन्दकर्ताको नामो निसाना छैन । ट्याक्सीहरु यथावत रुमा लागिरहेका छन् । नाम नबताउने सर्तमा कोटेश्वरमा भेटीएका एक ट्याक्सी ड्राइभरले भने,' चलाउनै भनेर आएको हो अब चलाउने हो ।' यस्तै सेतोपाटीका संवाददाता ललिलपुर एरियामा आज बिहान डुल्दा बन्द कर्ताको नामो निसाना नै नभेटेको बताएका छन् । सडकमा मोटरसाइकल ट्याक्सी सथा हल्कासवारी र बसहरु पनि चलिरहेका छन् । यद्यपी बजार पसल भने बन्द नै रहेका छन् ।
सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।
हेर्नुहोस राजधानीको माहौल यस्तो छ ।
####
.jpg)





0 comments
Write Down Your Comment