नेपाललाई सहयोग गर्न कोरियाली दाता सकारात्मक
####good
कोइकाद्धारा आयोजना गरिएको 'आथिर्क विकासका रणनीतिहरु' बिषयक छलफल कार्यक्रममा भाग लिन कोरिया आएका बाँस्कोटासँग सस्थाका उपाध्यक्ष छोङ सिकले नेपालको सम्भाव्यता अध्ययन गरेर कोरिया सहयोग बिस्तार गर्न तयार रहेको बताए । 'नेपालको सहयोग बिस्तारका लागि म सकारात्मक पहल गर्नेछु' उनले भने । दुइ पक्षीय भेटमा सचिव बाँस्कोटाले कोरियाबाट हालसम्म प्राप्त सहयोहरुको सरहाना गर्दै बारा नीजगढमा निर्माणाधिन अन्र्तराष्ट्रिय विमानस्थल,काठमाण्डौ-नीजागढ फास्ट ट्रयाक र बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सहयोगका आग्रह गरेका थिए ।भ्रमणको क्रममा सचिव बाँस्कोटाले दक्षिण कोरियामा थिंक ट्यांकको रुपमा मानिने कोरिया विकास सँस्था (केडीआइ)स्का डीन साङ ओ नामसंगलाई भेटि नेपालमा पनि थिंक ट्यांक स्थापना गर्न लागिएकाले कोरियाबाट सहयोग आग्रह गरेका थिए । सो भेटघाटमा नामले नेपालमा थिंक ट्यांकको पूर्वाधार तयार भए त्यसको प्रभावकारी संचालनमा र प्राविधिक सहयोग गर्न केडीआइ तत्पर रहेको बताए । साथै उनले स्नातकोत्तर तह र विद्यावारिधि र अन्य क्षेत्रको छात्रवृतिको संख्या बृद्धि गर्ने पनि जनाए ।
यसैगरी सचिव बाँस्कोटाले कोरियन एक्सपोर्ट इम्पोर्ट (एक्जीम) बैंकका कार्यकारी निर्देशक यीम सेङ ह्योङसँगको भेटमा नेपालले लिएको ऋणको कुल गर्हास्थ उत्पादनको ३२ प्रतिशत भन्दा कम रहेको उल्लेख गर्दै नेपालमा मेघा जल बिद्युत आयोजनामा ऋण प्रवाह गर्न आग्रह गरेका थिए । जवाफमा ह्योङले आउँदो डिसेम्बर १५ मा हुने बैंकको बैठकले यसबारे निण्रय गर्ने बताए ।
एकहप्ते भ्रमण सकेर सोमबार नेपाल फर्केका बास्कोटाले आफ्नो भ्रमण सफल रहेको बताउँदै नेपाललाई कोरिया समक्ष सकारात्मक रुपमा प्रस्तुत गर्न सफल भएको बताए ।
त्यसैगरी सोलस्थित नेपाली दूताबासले कोरियाली लगानी भित्रयाउन आउन मे १६ र १७ मा लगानी सम्बन्धी अन्तर्राष्ट्रय सेमिनार आयोजना गर्ने भएको छ । कोरियाका सम्भावित लगानीकर्ता र नेपालबाट पनि सम्भावित लगानीकर्ताहरुलाई कार्यक्रममा बोलाएर नेपालमा लगानीको सम्भाव्यता पहिचान गर्न सो सेमिनार आयोजना गर्न लागिएको दूताबास श्रोतले जनाएको छ । मे १६ मा उद्योग, कृषि, जलबिद्युत्, भौतिक पूर्वाधार जस्ता क्षेत्रमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम र १७ मा व्यापारी-व्यापारीबीच छलफल, भेटघाट र साझेदार छनौट गर्ने तथा सम्भव भएसम्म दुई पक्षबीच सम्झौता गर्ने पनि जनाइएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment