भैरहवा विमानस्थलको स्तरोन्नती गर्न सरकारले चाल्यो पहिलो पाइला
####good
टेन्डर आहृवान भएपछि भैरहवावासीको प्रतीक्षा साकार भएको स्थानीय बासिन्दा बताउँछन् । टेन्डर प्रक्रियामा गएपछि विमानस्थलको स्तरोन्नत कार्य अगाडि बढ्ने गौतमबुद्ध विमानस्थल स्तरोन्नति परियोजनाका निर्माण आयोजना प्रमुख मुरारी भन्डारीले बताउनुभयो ।
बिहीबार टेन्डर (बोलपत्र) आहृवान भएको छ, ११ जनवरी २०१४ अर्थात ४५ दिनभित्र बोलपत्र दाखिला गर्न पाइनेछ । त्यसपछि ऋण उपलब्ध गराउने एसियाली विकास बैंक तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीले विस्तृत छलफलपछि योग्य निर्माणकर्ता (ठेकेदार कम्पनी)को चयन गरी २०१४को मेसम्म भौतिक निर्माणको काम सुरु गर्ने लक्ष्य लिएका छौँ, भन्डारीले भन्नुभयो ।
योग्य निर्माणकर्ता चयनपछि निर्माणको काम सुरु हुने र प्रथम चरणमा आवश्यक भौतिक पूर्वाधार (सिभिल वर्क)को काम सुरु हुने भण्डारीको भनाइ छ । दुई प्याकेजमा निर्माण सम्पन्न गर्ने गरी टेन्डर आहृवान भएको छ । हाललाई सिभिल वर्कका लागि टेन्डर आहृवान भएको छ भने दोस्रो चरणमा सिभिल वर्कका काम सम्पन्न भएपछि विमानस्थलमा आवश्यक विद्युतीय तथा अन्य प्रविधिक उपकरणका लागि पनि टेन्डर आहृवान गरिने छ ।
प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, टयाक्सी वे, अन्तर्रार्ष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाहृय पेरिफेरि रोड, एअर कार्गो बिल्डिङ, सुरक्षा पोष्ट भवन, विमानस्थल सडक, नदी डाइभर्सनलगायतका भौतिक निर्माण कार्यका लागि टेन्डर आहृवान भएको हो ।
भौतिक निर्माणको काम सकिएलगत्तै भवन तथा धानमार्गमा जडान गर्न आवश्यक पर्ने विभिन्न उपकरण, विद्युतीय सामग्रीका लागि दोस्रो प्याकेजमा टेन्डर आहृवान गरिने आयोजना प्रमुख भन्डारीले जनाउनुभयो ।
त्रिभुवन अन्तर्रार्ष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रूपमा स्तरोन्नति गरिन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्रार्ष्ट्रिय विमानस्थलको निर्माण कार्य सन् २०१७ को जुन २ तारिखभित्र सम्पन्न गर्ने लक्ष्य नागरिक उड्डयन प्राधिकरणको रहेको छ । यसैबीच बोलपत्र आहृवान सुरु गरी औपचारिक रूपमा अन्तर्रार्ष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गरेकामा निजी क्षेत्रले स्वागत गरेका छन् ।
सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुप्रसाद शर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रूपन्देहीका अध्यक्ष मनिषकुमार जोशी, सिद्धार्थ होटल एसोसिएसन सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एसोसिएसन साट्टा लुम्बिनी च्याप्टरका अध्यक्ष सञ्जय बजिमय, पत्रकार नरेश केसीलगायतले बोलपत्र आहृवान गर्नु एक किसिमले अन्तर्रार्ष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु भएको उल्लेख गर्दै स्वागत गरेका छन् ।
यसै क्षेत्रबाट संविधानसभा सदस्यमा विजयी हुनुभएका दीपक बोहोराले सङ्क्षिप्त बोलपत्र आहृवान (टेन्डर) हुनु आफँैमा एक किसिमले काम सुरु भएजस्तै रहेको उल्लेख गर्दै लामो समयको प्रतीक्षापछि विमानस्थल स्तरोन्नति हुन लागेको खबरले सबैलाई हषिर्त तुल्याएको बताउनुभयो ।
अन्तर्रार्ष्ट्रिय विमानस्थल निर्माणपछि भैरहवामात्रै नभई समग्र लुम्बिनी अञ्चलकै आर्थिक विकास हुने बताउँदै उहाँले सन् २०१७ सम्म अन्तर्रार्ष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न हुने बताइएपछि अब सरकार र निजी क्षेत्र त्यहीअनुसारको अन्य पर्यटकीय पूर्वाधारको विकासमा लाग्नुपर्ने जनाउनुभयो । रासस
####
.jpg)




0 comments
Write Down Your Comment