गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाईंदै
####good
पहिलो चरणमा विमानस्थलको स्तरोन्नति गर्न टेण्डर आह्वान भएको छ भने जग्गा अधीग्रहण, माटो परीक्षण, सर्वेक्षण लगायतका काम सम्पन्न भैसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको धावनमार्ग १० हजार फिट लामो र १ सय ५० फिट चौडा बनाइने भएको छ । यसअघिको, धावनमार्ग ५ हजार फिट लामो र १ सय फिट मात्र चौडा थियो ।
धावन मार्ग विस्तारपछि काठमाडौंमा उडान र अवतरण हुने सबै प्रकारका जेट विमान गौतम बुद्ध विमानस्थलमा अवतरण र उडान हुन सक्नेछन् । यसअघि ती विमान ढाका, कलकत्ता र दिल्ली फर्कनुपर्ने बाध्यता थियो ।
यस्तै, बेला–बेलामा प्रतिकुल मौसमका कारण काठमाडौंमा अवतरण हुन नसक्ने विमान भैरहवामै अवतरण गर्न सक्नेछन् ।
करिब २ अर्बको लागतमा भैरहेको विमानस्थल विस्तारबाट भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment