दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु
####good
काठमाडौं–२७ मंसिर । दक्षिण कोरियामा २००७ देखि हालसम्म ५७ नेपालीको मृत्यु भएको एक प्रतिबेदनले देखाएको छ । सोलस्थित नेपाली दूतावासले १५ महिनाअघि गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार कोरियामा नेपाली दूतावास स्थापना भएयता २ महिला र ५५ पुरुषको मृत्यु भएको हो ।
कोरियामा रहेका नेपालीको मृत्युदर बढेपछि राजदूत कमानसिंह लामाले अन्तराष्ट्रिय वकिल पार्क बो कीको अध्यक्षतामा ५ सदस्यीय अध्ययन समिति गठन गरेका थिए । सोसमितिले सार्वजनिक गरेको प्रतिवेदनमा कोरियामा नेपालीको साधारण र असाधारण दुबै तरिकाले मृत्यु हुने गरेको उल्लेख छ ।
प्रतिबेदनमा मृत्युको कारण खुलेकोलाई साधारण तथा आत्महत्या र सुतेकै अवस्थामा मृत्यु भएकालाई असाधारण मृत्युको सूचीमा राखिएको छ ।
तथ्यांकमा सुतेकै अवस्थामा मृत्यु हुनेहरको संख्या सबैभन्दा धेरै २३ छ भने ७ वर्षमा १९ जनाले आत्महत्या गरेका छन् । कोरियामा नेपालीको संख्या बढेसंगै मृत्युदर पनि बढेको तथ्यांकमा उल्लेख छ ।
सन् २०१३ मा सबैभन्दा धेरै १८ नेपालीको मृत्यु भएको छ । त्यसैगरी २०१२ मा ५ जनाले आत्महत्या गरेका थिए । साधारण मृत्यु ७ वर्षमा ९ जनाको भएको छ । प्रतिवेदनमा आत्महत्या गरेकामध्ये ९० प्रतिशत डिप्रेसनको सिकार भएको उल्लेख छ ।
####




0 comments

Write Down Your Comment