अनिष्ट टार्न पशुपतिनाथदेखि भिमेश्वरसम्म उल्टो ट्याक्सी यात्रा सुरु
####good
५ पुस, काठमाण्डौ । यातायात मजदुरहरुले मुलुकमा अनिष्ट नहोस् भन्ने कामना गर्दै काठमाण्डौको पशुपतिनाथ मन्दिरदेखि दोलखाको भिमेश्वर मन्दिरसम्मको उल्टो यात्रा सुरु गरेका छन् । यातायात मजदुर तेजवहादुर थापाले उल्टो दिशातर्फबाट ट्याक्सी चलाएर पशुपतिनाथ मन्दिरको जल दोलखास्थित भिमेश्वरको मन्दिरसम्मको यात्रा शुक्रवार देखि सुरु गर्नु भएको थाल्नु भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी ईकाई अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो ।
‘देशमा शान्ति र बन्ने संबिधानमा मजदुर एजेण्डा समावेश होस’ भन्ने कामना गर्दै थापाले पशुपतिनाथ मन्दिरको जल दोलखास्थित भिमेश्वर मन्दिरसम्म पुर्याउन थाल्नु भएको भएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई समितिले शुक्रबार विहान सवा सात वजे पशुपतिनाथको मुल गेटबाट जलसहितको कलश यात्रा प्रारम्भ गरेको थियो । चालक थापालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव तथा शिक्षा विभाग प्रमुख भीमज्वाला राईले ट्याक्सीको चावी प्रदान गरी अविर तथा माला लगाईदिएर यात्राको शुभारम्भ गरेका थिए । ‘अनिष्ट टरोस, बन्ने संविधानसभामा यातायात मजदुरहरुको मुद्दाहरु समावेश होस्’ भन्ने सन्देश लिएर उल्टो ट्याक्सी चलाएर पशुपतिको जल भिमेश्वर मन्दिरमा लैजान लागेको हुँ, चालक तेजवहादुर थापाले भन्नुभयो । ‘ यात्रा पुरा गर्न दुईदिन लाग्ने चालक थापाले बताउनुभयो । ३२ बर्षीय चालक थापा करिव १० बर्षदेखि ट्याक्सी चालकका रुपमा मजदुरी गरिरहेका छन् ।
मंसिर ३० गते भिमेश्वर मन्दिरमा पसिना आएपछि देशमा अनिष्ट आउने अनुमान सहितको समाचारहरु प्रकाशन तथा प्रशारण भएपछि अनिष्ट टार्न पशुपतिको जल भिमेश्वर मन्दिरमा लगेर चढाउन कार्यक्रमको आयोजना गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी ईकाई अध्यक्ष शंकर थापाले बताउनुभयो । बा १ ख २०५९ नम्बरको ट्याक्सीमा लान लागेको कलश यात्रासंगै अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत अन्य दश बटा ट्याक्सीहरु समेत राष्ट्रिय झण्डा तथा संगठन तथा नेपाल ट्रेड यूनियन महासंघको झण्डासहितको समुह भिमेश्वर मन्दिरतर्फ प्रस्थान गरेको छ । भिमेश्वरको मन्दिर पशुपतिनाथको मन्दिरबाट अरनिको मार्ग हुँदै १ सय ५६ किलोमिटर दुरीमा पर्दछ ।
####
.jpg)




0 comments
Write Down Your Comment