फिफाको विमानमार्फत् विश्वपकप ट्रफी नेपालमा
####good
विश्वकपको वास्तविक ट्रफी फिफाको जेट विमानमा त्रिभुवन विमानस्थलमा उत्रनेछ। दिउसो १२ बजेपछि ट्रफी प्रदर्शनका लागि दशरथ रंगशालामा राखिनेछ ।
ट्रफी राष्ट्रपति रामवरण यादवले बाहेक अरुले भौतिक रुपमा ट्रफी छुन पाउने छैनन्। दिउँसो १२ बजे देखि १२:३० सम्म राष्ट्रपति डा.रामवरण यादव रंगशालामा रहनेछन्। त्यसपछि १ बजेदेखि २ बजेसम्म राष्ट्रिय खेलाडी, अन्य खेलाडी, एन्फा पदाधिकारी, उच्चपदस्थले ट्रफीसँग तस्बिर खिचाउने कार्यक्रम छ। तस्विर खिचाउन पाए पनि उनीहरुले समेत विश्वकप ट्रफि छुन पाउने छैनन्।
दिउँसो २ बजेदेखि साझ ७:३० बजेसम्म कोकाकोलाका उपभोक्ताका लागि ट्रफी प्रदर्शन गरिनेछ । ट्रफी प्रदर्शनीमा भाग लिन कोकाकोलाले केही महिनाअघि नै लक्की ड्र सञ्चालन गरेको थियो। लकी ड्रबाट झन्डै ४ हजार ५ सय उपभोक्ताले रंगशालामा उपस्थित भएर ट्रफी हेर्न पाउनेछन्। ७ हजार भन्दा बढीले ट्रफी प्रत्यक्ष हेर्न पाउने प्रिज्माका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले जानकारी दिए।
एक दिन सोल्टी होटलमा राखेपछि ट्रफी आइतबार भारत लगिनेछ। ट्रफी राख्न सोल्टीको स्विट रुम बुक गरिएको छ।
####
.jpg)




0 comments
Write Down Your Comment