उत्तर कोरियामा शासक किम जोङ उनका फुपाजुलाई मृत्युदण्ड
####good
काठमाडौं, मंसिर २८ । उत्तर कोरियाका शासक किम जोन उनका फुपाजु चाङ सोङ थेकलाई मृत्युदण्ड दिइएको छ । भ्रष्टाचारको अभियोगमा केही दिनअघि पदबाट बर्खास्त गरिएका थेकलाई मृत्युदण्ड दिइएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर कोरीयाको इतिहासमै यो घटनालाई निकै महत्वका साथ हेरिएको छ । किम जोङ इलको निधनपछि दुई वर्षअघि किङ जोङ उनले सत्ता सम्हालेयता मृत्युदण्ड दिइएका थेक पहिलो वरिष्ठ अधिकारी हुन् ।

केही दिन अगाडि मात्रै उनलाई सेनाको महत्वपूर्ण पदबाट बर्खास्त गरिएको थियो । हिजोमात्रै थेकलाई उत्तर कोरियाली सैन्य अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले थेकलाई शक्तिको दुरुपयोग गरी राज्यसत्ता कब्जा गर्न खोजेकोमा दोषी प्रमाणित गरे लगत्तै उनलाई मृत्युदण्ड दिइएको केसीएनएले जनाएको छ ।

थेक उत्तर कोरियाली पुर्व नेता किम जोङ इलका भिनाजु तथा हालका वरिष्ठ नेता किम जोङ उनका फुपाजु हुन् । उनी उत्तर कोरियाको सत्तारुढ कम्युनिष्ट पार्टी एवं सेनाका वरिष्ठ नेता थिए ।

हालको राज्यसत्ता विरुद्ध षड्यन्त्र गर्न कम्युनिष्ट पार्टी र सेनामा गुटबन्दी गरेको आरोप थेकमाथि लागेको थियो ।
####




0 comments

Write Down Your Comment