एमाओवादी पार्टी कार्यालयमा आगजनी (भिडियोसहित)
####good
धादिङ, पौष १६ । धादिङमा समानुपातिकतर्फ आफूहरुले सिफारिस गरेकाहरुलाई सभासद नबनाएको भन्दै एकीकृत माओवादीका कार्यकर्ताले आफ्नै पार्टी कार्यालयमा आगजनी गरेका छन् । पार्टीका लागि लामो संघर्ष गरेका रामबहादुर भण्डारीलाई सभासदमा सिफारिस गरिए पनि पार्टीले पूर्व प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई सभासद बनाएको भन्दै कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।

उनीहरुले सदरमुकाम धादिङवेशीस्थित कार्यालयमा कागजपत्र, फर्निचर र साइनबोर्डमा आगजनी गरेपछि पार्टी कार्यालयमा ताला समेत लगाइदिएका छन् ।
####




,

0 comments

Write Down Your Comment