भारतले सुबिधा रोकेपछि अमेरिकी राजदूत नेपाल आउन पाइनन्
####good
१४ पुस, काठमाडौं । भारतीय कुटनीतिज्ञलाई अमेरिकामा गिरफ्तार गरेको बिषयमा दुई देशवीच चर्किएको द्वन्द्वका कारण भारतस्थित अमेरिकी राजदूतको नेपाल भ्रमण रोकिएको छ ।
क्रिसमस र नयाँ बर्षको बिदा मनाउन नेपाल आउन लागेकी अमेरिकी राजदूत न्यान्सी जे पावेललाई भारत सरकारले रोकिदिएको छ ।
भारतले विशिष्ट व्यक्तिहरुलाई दिने सुविधा अमेरिकी कुटनीतिज्ञको हकमा हटाएपछि न्यान्सीको नेपाल आउने योजना विफल भएको हो । विशिष्ट सुबिधा अन्र्तगत उनीहरुले बिशेष सुरक्षा र पासहरु पाउने गरेका थिए । न्यान्सी नेपालमा पनि राजदूत भइसकेकी अमेरिकी कुटनीतिज्ञ हुन् ।
आफ्ना कुटनीतिज्ञ देवयानी खोब्रगेड अमेरिकामा पक्राउ परेपछि भारत सरकारले उक्त सुविधा हटाएको हो । उक्त सुविधाबाट अमेरिकी कूटनीतिज्ञहरुले धेरै स्थानको भ्रमण गर्ने अवसर पाउने गरेका थिए । विशेष सुविधा अमेरिकाले पनि अन्त्य गरेको छ ।
नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ता ली म्यामेन्सका अनुसार भारतले हटाएको विशेष सुबिधाका कारण न्यान्सीको नेपाल भ्रमण योजना विफल भएको हो ।
न्यान्सी नेपाल भ्रमणमा आउने सूचना पाए पनि उनको भ्रमणलाई सहयोग गर्न लागि भारत सरकारले कुनै पनि तत्परता देखाएन् । नेपाल जानका लागि राजदूतको फोटो लिएर एक व्यक्ति दूतावास पुगेका थिए । एक भारतीय अधिकारीका अनुसार न्यान्सीलाई विशेष सुविधा उपभोग गर्न नदिने योजना भएको एक भारतीय अधिकारीले बताए । उनका अनुसार न्यान्सी नेपाल आउनका लागि सर्वसाधारण यात्रीले झैँ सम्पूर्ण पक्रिया पूरा गर्नुपर्ने छ ।
भारतीयहरुलाई अमेरिकामा सुविधा नदिने भएकाले न्यान्सीले पनि नेपाल आउनका लागि सर्वसाधारण जसरी नै लाइनमा बस्नुपर्ने, सम्पूर्ण परीक्षण आम सर्वसाधारणलाई जस्तै हुने स्रोतले जनाएको छ ।
भारतले सन २०१० मा आफ्ना कूटनीतिज्ञ मिरा शंकरले मिसिसिपीस्थित ज्याक्सन इभर्स अन्तर्राष्ट्रिय विमानस्थलमा यी सबै प्रक्रिया पूरा गरेको दृष्टान्त दिएको छ ।
अमेरिकी राजदूतलाई विमानस्थलमा उपलब्ध हुने विशेष पास अमेरिकामा रहेका आफ्ना कूटनीतिज्ञलाई प्राप्त भएपछि मात्रै उपलब्ध हुने भारत सरकारको स्पष्ट भनाई छ । भारतीय कूटनीतिज्ञलाई अमेरिकी विमानस्थलबाट प्राप्त हुने विशेष सुविधा लिन विदेश मन्त्रालयसम्म पुग्नुपर्ने बाध्यता रहेको तितो अनुभव भारत सरकारलाई सुनाउने गरेका छन् ।
यसैबीच भारत सरकारले अमेरिकासँग उसको कूटनीतिक कार्यालयमा कार्यरत भारतीयहरुको तलबमानसहितको विवरण पनि माग गरेको छ । -एजेन्सीको रिपोर्टमा आधारित


####




0 comments

Write Down Your Comment