अमेरिकामा सहपाठीको गोली प्रहारबाट १७ वर्षीय किशोरीको मृत्यु
####good
विद्यालयको क्याफेटेरिया क्षेत्रमा भएको गोली प्रहारमा उनी घाइते भएकी थिइन्। सहपाठीले प्रहार गरेको गोली उनको अनुहारमा लागेको थियो।
डेविस उनकै सहपाठी कार्ल पियर्सनले प्रहार गरेको गोलीको सिकार भएकी हुन्। एफपीका अनुसार उनी ८ दिन सम्म स्थानीय अस्पतालमा जीवनमरणको स्थितिमा थिइन्। अस्पतालले उनको गालामा सर्जरी गर्नुपर्ने बताएको थियो। तर सर्जरी गर्नु अगाडि नै उनी कोमामा पुगेकी थिइन्।
उनको परिवारले उनको सम्झनामा विद्यालयमा एउटा सहयोगी कोष स्थापना गर्नको लागि समुदाय, सहयोगी र साथीहरुलाई आग्रह गरेको छ।
####
.jpg)




0 comments
Write Down Your Comment