उत्तर कोरियाका शासक किमले आफ्नै १ सय आफन्तलाई हाले जेल
####good
७ पुष, काठमाडौ । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्ना फुफाजूलाई मृत्युदण्ड दिएपछी उनका आफन्तहरुलाई पनि पक्राउ गरी जेल चलान गराएका छन् । किम ले आफ्ना फुफाजूका १ सय भन्दा बढी नातेदारलाई पक्राउ गरी जेल पठाएका छन् । किमले भ्रष्टाचारको आरोपमा आफ्नो फूफाजू चांग सोंग थायकलाई केही दिनअघि मृत्युदण्डको सजाय सुनाएका थिए । थायक देशको सबैभन्दा ठूलो फौजी निकयाको उपाध्यक्ष थिए ।
समाचारहरुमा जनाइए अनुसार थायकलाई मृत्युदण्ड दिएको एक दिनपछी उत्तर कोरियाली सैनिकले प्योङचोन पुगेर सयौ मानिसलाई पक्राउ गरेका थिए । समाचारहरूमा जनाइएअनुसार ती सबै थायकका आफन्त हुन् ।
'द सण्डे टेलीग्राफ'का अनुसार १३ डिसेम्बरको राती १० बजे मिनिस्ट्री अफ स्टेट सेक्युरिटीका केही हतियारसहितका सेना प्योङचान पुगेर ती मानिसलाई पक्राउ गरी लगेका थिए । उक्त स्थानमा थायकका आफन्तहरू बस्ने गरेको बताइएको छ । पक्राउ परेका मानिसहरूमा थायकका नजिकका आफन्तहरूका साथै अन्य टाढाका आफन्तहरू समेत रहेको समाचारहरूमा बताइएको छ ।
उत्तर कोरियामा कुनै अपराधमा दोषी व्यक्तिको आफन्तलाई पनि सजाय दिने घटनालाई सामान्य घटना बताइएको छ । पक्राउ परेका केही आफन्तहरूलाई समेत मृत्युदण्ड दिइन सक्ने सम्भावना रहेको बताइएको छ ।


####




0 comments

Write Down Your Comment